समृध्द नेपाल सुखी नेपालीको नतिजा- राष्ट्रपतिदेखि प्रधान न्यायाधीशसम्मले कुम्ल्याए सुविधा !

काठमाडौं । जनमतको उपेक्षा गर्दै विशिष्ट तहका व्यक्तिहरुले राज्यकोषबाट विशेष सुविधा लिने भएका छन् । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसमेतको तलव सुविधा वढाएकामा सर्वसाधारण नागरिकसम्मले चर्को निन्दा गरेका छन् । तर उच्चपदस्थ व्यक्तिले जनमतलाई पुरै लत्याएर सुविधालाई प्राथमिकता दिएका छन् । देशको अभिभावकको भूमिकामा रहेकी राष्ट्रपति देखि न्यायिक सर्बोच्चताको संरक्षण गर्ने जिम्मेवारी पाएका प्रधानन्यायाधीशसम्मलाई देशव्यापी रुपमा जनताले उनीहरुसँग गरेको प्रश्न र निन्दाले कुनै असर गरेको देखिएन ।

वर्षेनी बढ्ने महंगी,कालोबजारी र राज्यसन्यन्त्रमा हुने ढिलासुस्ती तथा घुसखोरीबाट सदा पिल्सिरहेका नागरिकको आवाजको सुनुवाई नगरी पाएजति सुविधा कुम्ल्याउन कुनै संकोच नमान्ने उच्चपदस्थ व्यक्तित्वकै लोभीपापी चरीत्रले परिवर्तनका उपलव्धिहरु फिका हुनेगरेको आमनागरिकको बुझाई छ ।

 गत साउन १६ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ती विशिष्ट तहका नेतालाई साउनको १ गतेदेखि नै लागू हुनेगरी बढ तलब दिने निर्णय गरेको हो । 

कसको तलब कति ? 

राष्ट्रपति– १ लाख ७७ हजार
उपराष्ट्रपति– १ लाख २५ हजार
प्रधानमन्त्री– ९१ हजार
सभामुख– ७९ हजार
उपसभामुख– ७९ हजार

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिदिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नु पर्नेछ ।

अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।

सुविधा वृध्दिको सन्दर्भमा एकजना राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईले टिप्पणी गरेका छन । उनले केही अघि आफ्नो फेसबूकमा पोष्ट गरेको रोचक टिप्पणी यस्तो छ–

कुराले चिउरा भिज्दैन हजुर !

अनि समृद्धिका कुरा  !

जव राज्य दलको हुन्छ त्यो राज्य समृद्ध बन्नै सक्दैन !

केपी ओली र पुष्पकमल दाहालहरूको थेगो छ – पाँच बर्षमा देश समृद्ध हुन्छ !

के ले हुन्छ देश समृद्ध ? 

 आफ्नै दल भित्र एकसेएक योग्य मानिस छन् तर भए मध्येका अयोग्य र असक्षम तर कुराका भकारीलाई मन्त्री बनाएका छन् ! 

दल भित्रका आफ्ना कार्यकर्तालाई न्याय नसक्नेले अरूलाई के न्याय दिनु ? पार्टी अध्यक्ष, प्रधानमंत्री र सरकार न्याय र योग्यताको पक्षमा उभिएनन् भने ?

न्यायदिने राज्य भएन भने ? समृद्धिको आधार न्याय हो न्याय । संसारका एक हजार उत्कृष्ट विश्व विद्यालयमा भारत, चीन, पाकिस्तान, बंगलादेश श्रीलंकाका विश्व विद्यालयहरू परेका छन् – पर्दछन् !

तर नेपालका कुनै छैनन् !

यहाँ त विश्वविद्यालय पनि कार्यकर्ताका लागि खोलिन्छन् ! मुलुकको लागि होइन !

कुनै समय थियो त्रिभुवन विश्व विद्यालय दक्षिण एसियाकै उत्कृष्ट मानिन्थ्यो, पुल्चोकको इञ्जिनियरिङ्ग र महाराजगंजको मेडिकल कलेज पनि दक्षिण एसियाका उत्कृष्ट थिए !

विश्व विद्यालयको गौरव बनेका सिनास सेडा जस्ता सँस्था थिए !

आज त महाराजगंजका कतिपय डिग्रीहरूलाई मान्यता पनि दिएका छैनन् ! कुनै उत्कृष्ट शिक्षण संस्था नहुने देश कसरी समृद्ध हुन्छ ? समृद्धिको आधार शिक्षा हो शिक्षा ! एउटा गतिलो थिङ्क ट्यांक मुलुकमा छैन !

एउटा गतिलो अन्तर्रा्िष्ट्रय के क्षेत्रीय स्तरको र व्यवशायिक र पेशागत मान्यतामा खरो समाचार माध्यम छैन ! कसले कसरी सकारात्मक जनमत निर्माण गर्ने !

भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण एसियाका मुलुकहरूका दर्जनौ अन्तर्रा्िष्ट्रय ब्राण्डहरु छन् , अन्तर्रा्िष्ट्रय स्तरका बस्तु र सेवा उत्पादनका मास स्केलका प्रतिष्ठान छन्, हाम्रोमा कुनै छैन !

भन्नको लागि मात्र अन्तर्राष्ट्रिय विमान स्थल छ ! अन्तर्राष्ट्रिय स्तरको सडक, पुल, रेलमार्ग, स्कूल, अस्पताल कुनै छैनन् !
भरपर्दो इन्टरनेट–टेलिफोन , बिजुली छैन !  त्यस्ता अन्तर्रा्ष्ट्रिय स्तरका ब्रान्ड, प्रतिष्ठान, पूर्वाधारहरूले ल्याउने हुन् समृद्धि !

 मुलुक एसियाको सबैभन्दा पुरानो मध्येमा ! तर संविधान त तीन बर्ष पनि पुगेको छैन ! सय पचास बर्ष पुरानो कुनै नीति, नियम  छैन ! गोरखापत्र, त्रिचन्द्र कलेज , सैनिक अस्पताल छन् सय बर्ष पुराना तर  के भन्नु !

नेपाली सेनाका केही गण र दल छन् मुलुकको एकीकरण देखिकै तर ती पनि  !

मुलुकको संसद भवन सम्म छैन ! 

सबैले बिश्वास र भर गर्ने, आड लाग्ने एउटा पनि राष्ट्रिय सँस्था छैन  ! मुलुकलाई समृद्ध बनाउने शक्ति कसले दिने ?

कुन नेतृत्व , संगठन र प्रतिष्ठानले दिने ? न्यायपालिका, कर्मचारी र प्रहरी भनेका राष्ट्रका मेरुदण्ड हुन् ! सरकार भनेकै ती हुन् ! दल नभए पनि राज्य चल्छ ! तर न्यायपालिका, कर्मचारी र प्रहरी नभए देश चल्दैन !

राज्य भनेकै ती हुन् ! 

तर हामी कहाँ न्यायपालिका, कर्मचारी र प्रहरीसबैलाई जनताको र मुलुकको होइन दलको बनाइएको छ ! जव राज्य दलको हुन्छ त्यो राज्य समृद्ध बन्नै सक्दैन !

नेपालमा अन्तर्राष्ट्रिय स्तरको भनेको यौटै कुरा छ – त्यो भनेको नेताहरुको सुविधा ! 

विश्वलाई उछ्छिन्ने यौटै क्षेत्र छ त्यो हो भ्रष्टाचार ! 

वडातह देखि सरकार प्रमुखसम्म र वडा तहका राजनीतिक कार्यकर्ता देखि पार्टी अध्यक्षसम्मको राजनीतिक जीवन भ्रष्टाचारबाट प्राप्त हुने आयमा निर्भर हुन्छ !

राजनीतिक नेतृत्व इमान्दार भएन र इमान्दार देखिएन भने, परिश्रम र योग्यताले कदर पाएन भने जनताको मनोबल उठ्दैन !

जनताको मनोबल न उठी देश समृद्ध हुन्न !

 

 

यो राज्य व्यवस्था टिक्न असम्भव 

 राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव , के हामी भविष्यहीन जस्तै नै हो ?  कोकोहोलो मच्चाउनै पर्दैन,ढिलो चाँडो तपाइँहरूले नै

राजाले खोक्दा पनि किन तर्सिन थाले शक्तिशाली नेता ?

 योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे, आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ । योगी राजा महेन्द्रका उच्च प्रसंशक

 पूर्वराजामाथि गम्भीर षडयन्त्रको संकेत 

नेकपा अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने, राजाबादीलाई खरानी पार्ने आदि ध्वाँस दिइरहेकै बेला केही सूत्रहरुले पूर्व

 आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न प्रचण्ड तयार

काठमाडौं । ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुनेभएमा वैदिक