गाडी कुदेन भने सडकको के काम ?

फिदिम । निर्माणका नाममा जथाभावी खन्ने र भारी प्रविधि प्रयोग गरी भत्काउने होडबाजीले पहाडमा भूक्षयलाई बढाउँदै लगेको छ । स्थानीय निकाय र जनप्रतिनिधिहरुले आफ्ना मतदाता खुशी पार्न यस्ता प्रविधि हुलेर विना अध्ययन सडक खनेर भूक्षय बढाउन योगदान गरिरहेको पाईन्छ । ससाना पहिरो जाने र बस्ती नै बगाउनेसम्मका घटना हुनुमा यसकिसिमका कामले भूमिका खेलेको प्राविधिकहरु बताउँछन् ।

यहाँ देखिने तस्बिर पाँचथर जिल्लाका केही गाउँमा भैरहेको जथाभावी खन्ने कामकै हुन् । पत्रकार लवदेव ढुङ्गानाले स्थलगत अध्ययनमा खिचेका केही तस्बिर र विवरण उनको फेसबूकमा पोष्ट गरेका छन् । तर यो समाचारयोग्य सामग्री ठानेर यहाँ प्रस्तुत गरिएको छ ।

ढुङ्गाना लेख्छन्– सुरुका दुई तस्वीर पाँचथरको लुङरुपा–गोरुवाले सडक निर्माण गर्दाका हुन् । अर्काे, मेची राजमार्गको पाङ्ग्रेभीरमा पहिरो गएपछि वैकल्पिक सडक निर्माण गर्दै र अन्तिम तस्वीर पाङ्ग्रेभीरको पहिरो पन्छाउँदाको हो । निर्माणको कामलाई यस्ता हेभी मेसिनले सहज बनाइदिएको छ । तर योजनाबध्द विकास नहुँदा विनास निम्त्याइरहेकोतर्फ सचेतता अपनाउनु पर्ने आवश्यकता देखिन्छ ।

 यी सबै स्थानमा गत आर्थिक वर्षको अन्तिममा योजना सञ्चालन गरिएका हुन् । पाङ्ग्रेभीरको पहिरो असारे विकासकै कारण निम्तिएको हो । यस्ता योजनाको ९० प्रतिशत काम असारभित्रै सम्पन्न गरिने दुर्भाग्यपूर्ण अवस्था हाम्रोमा छ । यसले गर्दा वर्षमा १र२ महिना एक्साभेटर र कमिशनको व्यापार चम्कने गर्छ । त्यसपछिको वर्खाको भेलले सडक बगाउँछ । अनि योजना उस्ताको उस्तै । न रह्यो बाँस, न बज्यो बाँसुरी ? अर्काे वर्ष उही ठाउँमा खर्च गर्नु पर्ने अवस्था छ । यहाँ मैले केही सुझाव राख्ने प्रयाश गरेको छु–

(१) हरेक स्थानीय तहले सडक गुरु योजना तयार गरी प्राथमिकताको आधारमा लगानी गर्ने वातावरण तयार गरौं । 


(२) सडकलाई राष्ट्रिय, जिल्लास्तर र स्थानीय गरी वर्गीकरण गरी प्राथमिकतामा राखौं । ठूला र तत्काल लाभ लिन सकिने सडक योजनालाई सबै तहले पहिलो प्राथमिकता दिनु जरुरी छ । अब सडकको ट्रयाक ओपनिङ अति भइसक्यो त्यसैले स्तरोन्नतिलाई जोड दिइनु पर्छ । सडकमा गर्ने लगानी स्तरोन्नतिमा केन्द्रीत गरौं ।


(३) सडक निर्माण गर्दा प्राविधिक पक्ष र वातावरणीय सर्भेक्षण गर्नु पर्ने कुरालाई ध्यानमा राखौं । यी कुरालाई नहेरी विनास निम्त्याउने गरी खनिएका अनुपयुक्त सडकमा लगानी नगरौं र नाममात्रका सडक बन्द गरेर रुख हुर्काएर हरियाली बनाऔं । अब उप्रान्त प्राविधिक र वातावरणीय रुपले अनुपयुक्त सडक खनाउने जनप्रतिनिधि, कर्मचारीसमेतलाई कार्वाही गर्ने परिपाटिको विकास गर्नु जरुरी छ ।


(४) सडक खनेरमात्र हुँदैन, चल्नु पनि पर्छ । गाडी कुदेन भने खनिएका सडकको के अर्थ रहन्छ र ? हाम्रा स्थानीय सरकारको अधिकांश विकास बजेट बाटोमै खर्च भइरहेको छ । केन्द्र र प्रदेशले यो क्षेत्रमा खर्च गर्ने रकम थोरै छैन । तर पनि गाडी कुदाउन मिल्ने सडक कति छन् ? समीक्षा गरौं, सोचौं, विचार गरौं । हामीले गरिरहेको लगानी बालुवामा पानी सरह भइरहेको त छैन ? पुनःमूल्यांकन गरौं । लगानीलाई प्रतिफलमुखी   बनाऔं । 


(५) योजनाको ठेक्का प्रक्रिया साउनमै सुरु गरौं । यसले गर्दा दशैंपछिदेखि काम गर्न सक्ने र चैत र वैशाखसम्ममा सडक निर्माण हुने वातावरण बन्छ । असारमा सडक बनाउने संस्कृति त्यागौं । असारे विकासले झारा टारेर योजना फछ्र्याैट गर्ने परिपाटिलाई बढावा दिएको छ । न त गतिलो अनुगमन हुन्छ, न त काम नै गुणस्तरीय । घुमाइफिराइ कमिशनमा योजनाको सञ्चालन अडिएको पाइन्छ । 


(६) कुनै समय थियो । सडक आवश्यकता थियो । स्थानीयवासी उत्साहका साथ सडक खन्न महिनौं लाइन लाग्थे । अहिले सडक आवश्यकता हुने ठाउँ पनि छन् । ती क्षेत्रमा सडक निर्माणमा अझै पनि स्थानीयको उत्साह र सहभागिता रहन्छ । तर अहिले उपभोक्ता समितिले काम गर्दा जुटाउनु पर्ने २० प्रतिशत सहभागिता कागजमाबाहेक कुन योजनामा जुटेको छ ? उपभोक्ता समितिलाई काम गर्न दिनुको उदेश्य पनि यही हो कि उपभोक्ताले जनसहभागितामार्फत काम गरुन र स्थानीय रोजगारी सिजना होस् । अब बनेका सडक योजनामा उपभोक्ता समितिमार्फत काम गराउने हो भने मेसिन लगाउनै पर्ने बाध्यात्मक अवस्थाबाहेक मानिसमार्फत नै निर्माण गर्ने बाध्यकारी व्यवस्था राखिनु पर्छ । 


(७) योजनामा हुने अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ । गलत किसिमले कम गुणस्तरको काम गर्ने निर्माण व्यवसायी, उपभोक्ता समितिलाई कडा कार्वाही र सजाय हुनु पर्छ । फितलो अनुगमन गर्ने र निर्माणकर्तासँग मिलेर कामको गुणस्तरमा सम्झौता गर्ने प्राविधिक, कर्मचारी र जनप्रतिनिधिसमेतलाई सजायको भागिदार बनाइनु पर्दछ ।


(८) सत्य सधैं तीतो हुन्छ । माथि राखिएका सबै सुझावहरु यथार्थमा तीतो सत्य हुन् । तीतो सत्य स्वीकार्ने हिम्मत गर्नु’स् । कोहीप्रति लक्षित होइन । हाम्रो प्रवृत्तिगत समस्याले विकासको नाममा निम्त्याएको विनासलाई रोक्नु हामी सबैको दायित्व हो । आउनु’स् यसका लागि हामी सबै हातेमालो गरौं । (ढुङ्गाना,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् ।)
 

संयोजकको हस्तक्षेपले २१ करोडको योजना अलपत्र

जयपुर बुधबारे (झापा) । जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलले अनधिकृतरुपमा हस्तक्षेप गर्दा बुद्धशान्ति गाउँपालिकामा २१ करोडको बिकास योजना

सम्झौता कार्यान्वयन नहुँदा पोखरीमाथि यातायात

काठमाडौँ, ३ भदौ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी कालोपत्र गर्न आयोजना र जनप्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नहुँदा

 कलङ्की–चावहिल सडक विस्तारको तयारी शुरु

  काठमाडौं । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली

 काठमाडौंका ६ ठाउँमा ‘ओभरहेड ब्रिज’ बन्ने

काठमाडौ । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित