चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

काठमाण्माडौ, १४ जेठ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो ।

शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हराएको हो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो ।

यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए । तर, मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय लिए ।

पहिलो हाफमा १० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का व्यहोर्‍यो । उसका भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाए र टिम १० खेलाडीमा समेटियो ।

१० खेलाडीमा सिमित भएर पनि ७६ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरे । तर, तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २(१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र आर्सनलले उपाधि उचालेको छ । आर्सनलको यो एफए कपको १३ औं उपाधि हो भने वेङ्गरको कीर्तिमानी सातौं उपाधि समेत हो ।

नेपाली फुटबललाई विकास गर्न स्पेनी क्लबको सहयोग

  काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक

मेसीले ६ खेल खेल्न नसक्ने

काठमाडौं, ४ कात्तिक । बार्सिलोनाका क्याप्टन लियोनल मेसी घाइते भएका छन् । उनी अब तीन हप्ता खेलमैदान बाहिर रहने छन् । हिजो राती सेभिल्लासँग भएको खेलमा

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली