नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं, ८ साउन ।  टी–२० विश्वकप एसिया छनौटको दोश्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेल यसअघि ९ ओभर प्रति इनिङ खेलाउने निर्णय गरिएको थियो । निरन्तर वर्षा भइ खेल ढिला सुरु भएपछि म्याच अफिसियलहरु ओभर घटाउन बाध्य भएका हुन् ।

बुधबार सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा  भएको खेलमा नेपालले टस जितेर फिल्डीङ गर्दै मलेसियालाई ८३ रनमा रोकेको छ । ९ ओभरमा ७ विकेट झारेको नेपालले खेल जित्न ९ ओभरमा ८४ रन बनाउनुपर्नेछ  मलेसियाको लागि सयद अजिजले १५ बलमा ५ चौका र १ छक्का सहित ३० रन बनाए भने युवा खेलाडी विरनदीप सिंहले १७ बलमा २१ रन बनाए ।

बलिङतर्फ नेपालको लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २, करन केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

आजको खेलमा नियमित कप्तान पारस खड्का नखेलेपछि ज्ञानेन्द्र मल्लले कप्तानी गरेका छन् । कतारविरुद्धको खेलमा ढाडमा समस्या आएपछि पारसलेआजको खेल गुमाएका हुन् । पहिलो खेलमा कतारसँग हारेको नेपाललाई आजको खेल जित्नैपर्ने दबाव रहेको छ ।

 

आर्सनल र लिभरपुलको लगातार दोस्रो जित 

  भदौ १ काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । आर्सनलका लागि अलेक्जेन्ड्रे

माउरिन्होको आलोचनाले अचम्मित छैन : लाम्पार्ड

  काठमाडौँ १ भदौँ । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्ना पूर्व प्रशिक्षक जोस माउरिन्होको आलोचनाबाट आफू अचम्मित नभएको बताएका छन् । गएको

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा

काठमाडौँ १ भदौँ । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी  हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज

५८ करोड अनियमितताबारे यसाे भन्छन् गणेश थापा

काठमाडौं, १ भदाै । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोप पुष्टी गर्न चुनाैती दिएका छन् । थापाले सामाजिक