रअको भ्रमणबारे सुरक्षा निकायलाई झूटो ‘ब्रिफिङ’

काठमाडौं, ८ साउन । गत आइतबार भारतीय मुख्यसचिव नेपाल आउने व्यहोराको अग्रिम सूचनाअनुसार सुरक्षा निकाय विमानस्थलदेखि होटलसम्मको स्कर्टिङ र अन्य सुरक्षा प्रबन्धमा जुट्यो ।

तोकिएकै तालिकाअनुसार आइतबार दिउँसो पाहुना आए, सुरक्षा निकायले स्टर्किङ गरेर बौद्धस्थित हायात होटल पु¥यायो । तर स्टर्किङ गरिएका पाहुना मुख्यसचिव नभएर भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को टोली भएको सुरक्षा निकायले होटल पुगेपछि मात्रै थाहा पायो ।

रअ टोलीको नेपाल भ्रमणबारेको अग्रिम सूचना सुरक्षा निकायले समेत थाहा नपाएको पाइएको छ । ‘भारतीय मुख्य सचिव नेपाल आउने भएकाले सोही अनुसार सुरक्षा प्रबन्ध गरिएको थियो, तर भीआईपी टोलीलाई होटल पु¥याएपछि थाहा भयो टोली त अर्कै पो रहेछ, हामी त झस्कियौ पनि’ –सुरक्षा निकायको उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

रअ प्रमुख समान्त कुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतबार दिउँसो नेपाल आएको थियो । सत्ता पक्षीय र प्रतिपक्षी दलका नेतासँगको भेटवार्तापश्चात रअ टोली सोमबार साँझ स्वदेश फर्किएको छ । (नेपाल समाचारपत्रबाट)

राष्ट्रपति कार्यालयमा पूर्वएमालेकाे बैठक, जबज जोगाउन यस्तो बन्यो प्लान

काठमाडौं, १ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद

सेना लखेटेर प्रचण्ड, बाबुराम र महरालाई दिएको त्यो आश्रयस्थलः ‘अहिले त सबैले बिर्सिए’

राजपुर (दाङ), १ भदाै । राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे,

प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग यस्ताे सम्झाैता

काठमाडौँ, १ भदौ । लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र

डरलाग्दाे तथ्याङ्कः प्रत्येक ३० घण्टामा बलात्कार

वीरेन्द्रनगर, १ भदाै । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक