थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन ।  भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो । 
 अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै  आए पनि बिरामीका लागि भने अपुग हुने बताएका छन् । उक्त कोषले वर्षेनी (वर्षको दुई पटक) रु एक लाख ८० हजार सहयोग गर्दै आएको छ । 

  यस्ता बिरामीलाई बिमाको दायराभित्र ल्याएमा आर्थिक भार कम हुने उनको भनाइ थियो । अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले हाल अस्पतालमा ७८ जनालाई सेवा दिँदै आएको जानकारी दिँदै नियमित उनीहरुको उपचार र सुधारका लागि आइरन जिलेटिङ औषधि आवश्यक पर्ने बताए । उक्त कोषका सचिव सिर्जना अर्यालले यस संस्थाले विसं २०६७ सालदेखि  नियमित सहयोग गर्दै आएकोे बताउँदै थप सहयोगका लागि अन्य संस्थाले पनि चासो देखाउनुपर्ने आवश्यकता औँल्याइन् । 

    हाल उक्त अस्पतालमा उपचारार्थ बिरामीमध्ये ६० प्रतिशत बिरामी थारू समुदायका र बाँकी अन्य समुदायका छन् । प्राय वंशाणुगत यो रोग र लागेपछि बिरामीको रक्तकोषिकाले काम नगर्ने हुनाले महीनैपिच्छे रगत परिवर्तन गर्नुपर्ने हुन्छ । रासस

अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

  काठमाडौं ३२ साउन । आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई

औषधीय गुणले भरिपूर्ण पुदिना

  काठमाडौँ ३० साउन । पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी,

अल्छीपना बुद्धिमानीको निसानी 

काठमाडौँ ३० साउन । अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा

होसियार ! ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?   

काठमाडौँ ३० साउन । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ । यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका