सन् २००९ को ‘काण्ड’मा रोनाल्डोलाई सफाई

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्धको यौन हिंसाको मुद्दा क्लार्क काउन्उटी डिस्ट्रीक न्याय कार्यालयले खारेज गरेको छ । सोमबार उक्त निर्णय गर्दै रोनाल्डो विरुद्धको आरोप पुष्टी हुन नसकेको बताउँदै उनलाई सफाइ दिने निर्णय गरेको छ ।  

अमेरिकी नागरिक क्याथरीन मेयोर्गाले रोनाल्डो विरुद्ध यौन हिंसाको आरोप लगाएकी थिइन । उनले भनेअनुसार सन् २००९ मा लास भेगास स्थित एक होटलमा यस्तो दुव्र्यवहार भएको थियो । रोनाल्डोले भने यो आरोप अस्वीकार गर्दै आएका थिए ।

यो खबरलाई पहिलो पटक सार्वजनिक गरेको जर्मन पत्रिका डेर स्पीगेलले सन् २०१० मा रोनाल्डोले ती महिलालाई यो विषय सार्वजनिक नगर्न भन्दै तीन लाख ७५ हजार डलर दिएको दाबी गरेको छ ।

ती महिलाले पैसा लिएर उजुरी नगर्ने सहमति भंग गर्दै सन् २०१८ मा रोनाल्डो विरुद्ध लास भेगासमा मुद्दा दर्ता गरेको बताइन्छ ।

सोही मुद्दामा सुनुवाइ गर्दै, जिल्ला न्याय कार्यालयले उक्त घटनामा भौतिक प्रमाण केहिपनि नभेटिएको भन्दै रोनाल्डोलाई कुनै कारबाही नहुने निर्णय गरेको बताईन्छ ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन