भारत विरुद्ध खेल्न नराइन र पोलार्ड वेष्ट इन्डीजको टोलीमा

एजेन्सी । टी–२० विशेषज्ञ खेलाडीको परिचय बनाएका वेष्ट इन्डीजका स्टार खेलाडीद्वय सुनिल नराइन र काइरोन पोलार्डले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । यी दुई स्टारसँग नयाँ खेलाडी एन्थोनी ब्राम्बललाई पनि टोलीमा समावेश गरिएको छ ।

आगामी अगस्ट ३ बाट वेष्ट इन्डीज र भारत बिच तीन खेलको टी–२० शृंखला सुरु हुँदैछ । त्यसपछि तीन खेलको एकदिवसिय अन्तर्राष्ट्रिय र दुई खेलको टेष्ट शृंखला खेल्ने तालिका सार्वजनिक भइसकेको छ ।

वेष्ट इन्डीजको टोलीमा समावेश भइसकेका आन्द्रे रसेलको बारेमा भने उनले फिटनेस परिक्षणपछि मात्र निर्णय लिइने भएको छ । हालसालै सम्पन्न विश्वकपमा रसेलको घुँडामा चोट लागेको थियो । त्यस्तै क्रिस गेलले राष्ट्रिय टोलीबाट टी–२० सिरिज नखेल्ने भएका छन् । ग्लोबल टी–२० क्यानडामा खेल्न लागेका उनले आफुलाई छनौटको लागि उपलब्ध नगराएको बताइन्छ । पोलार्डले पनि लामो समयपछि टोलीमा स्थान बनाउन सकेका हुन् ।

पछिल्लो दुईवर्ष यता वेष्ट इन्डीजको लागि टी–२० नखेलेको नराइन लामोसमयपछि टोलीमा फर्किएका हुन् । यसअघि औंलाको चोटका कारण विश्वकप टोलीमा नपरेका उनलाई वेष्ट इन्डीज टोलीका छनौटकर्ताहरुले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको लागि लक्षित गर्दै अहिले टोलीमा समावेश गरेको बताएका छन् ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन