विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

उनीहरूलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो । अहिले उनीहरूकाबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सेक्रेटरी शाही लामो समय देखि भूमिगत थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउतिर झरेका हुन् ।

बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुख ब्यक्त गरेको छ। यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर तिरूवा(रविकिरण)लाई सिजा गाउँपालिकाको घोड्याङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो।

जुम्लाको सिजा क्षेत्रका विप्लवका गतिविधि बढेको भन्दै प्रहरीले उच्च निगरानीमा राख्दै आएको छ। विप्लव समुहले दुई साता अघि जुम्लाको तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा ताला लगाएको थियो ।

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया, ८ भदाै । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७०