पराजुली र सङग्रौलालाई शिक्षा पुरस्कार

काठमाडौं । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक प्रकाश सिलवालले नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार राष्ट्रिय दैनिकका गोपाल सङ्ग्रौलालाई यस वर्षको पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।

    दूरशिक्षा क्षेत्रमा योगदान पु¥याएबापत १० हजारसहितको सो पुरस्कार उहाँहरू दुवै जनालाई प्रदान गर्न लागिएको हो । यसअघि उक्त पुरस्कार राजन शर्मा, प्रकाश सिलवाल, प्रकृति अधिकारी, ईश्वरराज ढकाल, शेषकान्त पण्डितलगायत १५ जनाले पाइसक्नुभएको छ ।

    उक्त मिडियाका अध्यक्ष श्याम तण्डुकारले अन्य १२ विधामा पनि उक्त पुरस्कार प्रदान गरिने र  ती पुरस्कारको छनोट केही दिनमा गरिने बताए। उक्त पुरस्कार यही साउन २७ गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिनेछ । रासस

बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण

काठमाडौँ, १ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

  हेटौडा १ भदौ । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण

यातायात विभागले राख्यो यात्रु ‘सहायता कक्ष’

  काठमाडौँ, १ भदौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ ।  चालक

सुनको भन्दै धातुबाट निर्मित बुद्धमूर्ति बेच्ने सार्वजनिक 

  पोखरा १ भदौँ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ ।  दोलखा जिल्ला भीमेश्वर