आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ ।

ब्याटिङमा बलियो प्रदर्शन गरेका सिंगापुरका खेलाडीले बलिङमा पनि कसिलो प्रदर्शन गरेपछि जित हात पार्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । टोलीका लागि सुरुवाती चार ब्याटसम्यानले अब्बल ब्याटिङ गरेपछि सिंगापुरले ठुलो स्कोर बनाउन सकेको थियो ।

ओपनर रोहन रंगराजनले टोलीका लागि २० बलमा ३ चौका र २ छक्का सहित ३२ रन बनाए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३९ बलमा ४७ रन बनाए ।
त्यस्तै तेश्रो नम्बरमा ब्याटसम्यान टिमोथी डेबिडले ३८ रन बनाए भने विकेट किपर ब्याटसम्यान मनप्रित सिंहले १८ बलमा ३४ रन बनाएका छन् ।

बलिङतर्फ कतारका इकवाल हसनले ४ विकेट लिएभने नौमान सरवारले २ विकेट लिए

जवाफी ब्याटिङ गरेको आक्रामक रुपमा खेलेपनी सिंगापुरको कसिलो बलिङको घेरा तोड्दै खेल जित्न सकेन । कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन मात्र बनाउन सक्यो ।

कतारको लागि कप्तान तमुर सज्जादले २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३४ रन बनाए भने मोहम्मद रिजलानले नटआउट ३३ रन बनाए । त्यस्तै फैसल जावेदले २९ र मुहम्मद तनवीरले २६ रन बनाए ।

कसिलो बलिङ गरेको सिंगापुरका जनक प्रकाशले ४ ओभरमा १ मेडन सहित १५ रन दिइ ३ विकेट लिए । त्यस्तै अमजद महमुदले पनि ३ विकेट हात पारे ।

उत्कृष्ट बलिङ गरेका जनक नै प्लेयर अफ द म्याच चुनिए । नेपालले आफ्नो पहिलो खेल भोली खेल्दैछ । आज पराजित कतार नै नेपालको पहिलो प्रतिद्वन्दी रहेको छ । खेल नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुने तालिका रहेको छ ।

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन