टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा निर्णायक गोल गरेपछि बलियो टोली युभेन्टस ३–२ ले पराजित भएको छ ।

सिंगापुरको रंगशालामा आइतबार भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गतको यस खेलमा दुबै टोलीले शानदार प्रदर्शन गरेका थिए ।

खेलको ३० औं मिनेटमा टोटेनह्यामका एरिक लामेलाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्टस प्रहारहरु विफल भएपछि १–० ले पछि परेको थियो ।

दोश्रो हाफमा आक्रामक खेल देखाएको युभेन्टसले ४ मिनेटको फरकमा दुई गोल गरेपछि खेलमा पकड जमाउन सफल भएको थियो । खेलको ५६ औं मिनेटमा गोन्जालो हिगुइन र ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

युभेन्टस खेलमा हावी हुन थालेपछि खेलको ६५ औं मिनेटमा लुकास मौराले चतुरता पूर्वक गोल गर्दै खेल बराबरीमा ल्याए ।

९० मिनेटसम्म बराबरी भएको खेलमा निर्णायक गोल गर्ने क्रममा ह्यारी केनले मैदानको मध्यभागबाट गोलपोष्टमा प्रहार गरेको बलले जाली चुमेपछि खेलमा युभेन्टस पराजित भएको थियो ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन