दुइकिलो सुन बोक्ने भीमबहादुर समातिए

काठमाडौं । अवैध तरिकाले लुकाएर दुई किलो सुन बोकेका एक व्यक्ति काठमाडौंको नागढुंगाबाट समातिएका छन् ।

रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङ त्यसरी सुन बोकेको अवस्थामा शनिबार राति साढे ९ बजे पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख कुमारविक्रम थापाका अनुसार तामाङ सुन बोकेर भैरहवाबाट काठमाडौं आउने यात्रुवाहक बसमा थिए । उनी सुन बोकेर आउँदै गरेको सूचनाका आधारमा उनलाई चेकजाँच गर्दा सुन फेला परेको हो ।

‘मादल आकारको सुन कम्मरमा बाँधेर ल्याएको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा सुन भएको पत्ता लाग्यो।’ तामाङ रसुवाबाट गल्छीसम्म आएका थिए । गल्छीबाट उनी गाडी चढेका हुन् ।  
 

एनआरएनका अध्यक्षमाथि अनुशासनको कार्बाही होला ?

काठमाडौं । एनआरएन भनेर चिनिने गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष भवन भट्ट अनुशासन उलंघन हुनेगरी मदिरा सेवन गरेको आरोपमा चढिसकेको विमानबाट

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय