पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पेशावर ।  पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए ।

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ । 

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्नेक्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताए। 

उनले भने– करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् । 

घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन् ।

तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चार माध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । 

पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर साना स्तरका आक्रमणहरु भने जारी छन् । यी आक्रमणहरु प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकाहरुमा हुने गरेका छन् । रासस/एएफपी

छुरा प्रहार गरी पत्रकारको हत्या

टोलुका, मेक्सिको, ८ भदौ । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित

अन्तरिक्षमा अपराध गरेकाे आरोपको अनुसन्धान गर्दै, अन्तरिक्षमा कुन कानुन लाग्छ ?

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएकोबारे

जी-सेभेन के हाे ? यस्ताे छ रोचक जानकारी

फ्रान्समा ४५ औँ शिखर सम्मेलनका लागि जी-सेभेन समूहका राष्ट्रप्रमुखहरू भेट्दैछन् । जी-सेभेन वास्तवमा के हो ? यसका सदस्यहरू को-को हुन् ? यो समूहले के गर्छ

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य 

काठमाडौँ, ७ भदौ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र