नेकपाका शीर्ष नेता विभाग हत्याउन तानातान गर्दै

काठमाडौं । पार्टी एकता प्रक्रियाको बाँकी काम टुंग्याउने उदेश्यले सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने बुझिएको छ ।  सचिवालय बैठकले पार्टीका इञ्चार्ज र सहइञ्चार्ज र विभाग समेतको काम टुंगो लगाउन प्रयाश गर्ने थाहा भएको छ ।

सचिवालयको बैठकअघि नेकपाको स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादीवीच कसले कुन विभाग हत्याउने भन्ने बिषयमा तानातान चलिरहेको देखिएको छ । जसमा पूर्वमाओवादीबाट प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट रक्षामन्त्री सदस्य इश्वर पोखरेल बढी इच्छुक देखिएकाले कुरा मिलाउन नेतृत्वलाई आपत् परिरहेको बताईएको छ । यी दुवै नेता सचिवालय सदस्य छन् ।

सचिवालय बैठक बस्नुअघि शनिवार पूर्वएमालेले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए भने पूर्वमाओवादीले आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा छलफल गरेका थिए ।

पूर्वएमालेको छलफलबाट स्कूल विभागको प्रमुखमा पोखरेललाई पठाउने छलफल गरेका थिए । उक्त छलफल लगत्तै आइतबार बिहान पूर्वमाओवादीका नेताहरुल खुमलटारमा बैठक बसेर स्कूल विभागमा पोखरेललाई नमान्ने छलफल गरेका थिए । स्कूल विभागमा पूर्वमाओवादीले पाउनुपर्ने दाबी गरेको छ । बैठकमा स्कूल विभागमा कुनै हालतमा नछाड्ने पूर्वमाओवादीहरुले दाबी गरेका छन् । पूर्वमाओवादीबाट श्रेष्ठलाई स्कूल विभागमा पठाउने तयारी गरेको बुझिएको छ ।

 
 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा