उनकै स्मृतिमा: गायक अरुण थापा र चोटको कथा-व्यथा

अहिले जुन ठाउँलाई ‘ठमेलको भाइ झमेल’ भनिन्छ, त्यही झम्सीखेलमा एउटा चर्चित घर थियो । नेपाल बैंक लिमिटेडका वरिष्ठ अधिकृत गन्जुबहादर थापाको त्यो घर, त्यस भेगमा निकै चर्चित थियो । किनकी, त्यही घरमा मात्र कुनैबेला हुलाकको बाकस थियो । त्यही घरमा पहिलो पटक बिजुली बत्ती बलेको अनी टेलिफोन जडान थियो । हो, त्यही घरमा बितेका थिए, गायक अरुण थापाका सुखद् सांगीतिक दिनहरु ।
त्यही घरको सामुन्ने थियो, गणेश मन्दिर । त्यहाँ केही युवाहरु हातमा गितार बोकेर हरेक रात सांगीतिक माहोल जमाउँथे । ‘अरुण थापा, उनका मीत ओम बिक्रम बिष्ट र हामी केही साथीको त्यहाँ नियमित जमघट हुन्थ्यो’, अरुण थापाका जिग्री दोस्त मुकुन्द खड्का ९माइक० सम्झन्छन । त्यही सांगीतिक माहोलमा गायक दिवाकर खड्का र ‘मुटु मेरो चोरी लग्यो’का रचयिता सुध्दी नेपाली उदाए ।

माइकका अनुसार झम्सीखेलमा नेपालका एकर्डीङ बादक मदन परियार पनि पुग्ने गर्थे । अरुणको स्वर र कम्पोज सुनेर मदन छक्क पर्थे । त्यसैताक गणेश मन्दिरमा संगीतको माहोल जमाउने कलाकारको टोलीमाथि कोपुण्डोलको ग्याङले ‘एट्याक’ ग¥यो । त्यो ग्याङ फाइटमा अरुण र ओमबिक्रम बिष्ट कोपुण्डोलका केटाहरुसँग जमेरै भिडे । रगतपच्छे भएका यी दुई गायकले एक अर्कोको शीरमा रगतको टिका लगाएर मीत लाएका थिए ।

‘जब अरुणका बुबाको निधन भयो, त्यसपछि त्यो घरमा बिग्रह आउन थाल्यो, अनी अरुणको जिन्दगी पनि व्यवस्थित हुन सकेन’, माइक भन्छन् । अहिले त्यो घरमा ज्याबीन रेस्टुरेन्ट छ । त्यही चोकमा अरुण थापाको प्रतिमा पनि बनाइएको छ । तर त्यहाँ अब अरुणको परिवारको केही बाँकी छैन ।

    मौलिक स्वर

बिसं २००९ सालमा भारत, कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा जन्मिएका अरुण थापा ३ वर्षको उमेरमै सपरिवार नेपाल आएका हुन् । उनी नेपालमै हुर्के बढे । केही समय दार्जीलिङमा पढे पनि २०२८ सालमा उनले ठमेलको जेपी हाइस्कुलबाट एसएलसी पास गरेका हुन् । उनी केही समय विराटनगरमा बैंकको जागिरे समेत भए । संगीतप्रतिको अगाध अनुरागका कारण जागीर छाडेर २०३० सालतिर उनी पोखरा बस्न थाले । पृथ्वीनारायण क्याम्पसमा पढ्न थाले । कलेजमा उनी प्रख्यात भइसकेका थिए । २०३७ सालमा पहिलो गीत ‘कतै टाढा तिमीबाट’ रेकर्ड भयो । त्यही सालमा ‘भुलेको कथा’ बोलको गीतमा उनी रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम भए ।

उनको पहिलो हिट गीत ‘जति माया लाए पनि’ हो । उनका दुई सोलो एल्बम ‘अरुण’ र द ‘बेस्ट अफ अरुण’ छन् । ‘ऋतुहरुमा तिमी’, ‘भुलुँ भुलँु लाग्यो मलाई सपनीमा’, ‘साँझको जुनसँगै’, ‘चोट के हो व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘आँखाको नीद खोसी लाने’, ‘जिन्दगी के छ र आखिर’, ‘अरुसँग नजोख मलाई’, ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका गीत सदाबहार छन् ।

‘बागीना’ पत्रिकाका सम्पादक नारायण गोपालसँग एक पटक पाठकले सोधे, ‘तपाईलाई मनपर्ने गायक को को हुन रु’ नारायण गोपालको जवाफ थियो, ‘अहिले राम्रा गायक धेरै छन् । ती मध्ये चुनौति दिनसक्ने दुइजना छन्, अरुण थापा र दीप श्रेष्ठ ।’

अरुण थापाले गीतकार सुवाचन्द्र ढुंगेलका तीनवटा गीत गाए । ‘पारी गयौ किन अधुरो’, ‘अरुसँग नजोख’ र ‘चोट के हो ब्यथा के हो’ । २०४३ सालतिर रेडियो नेपालमा अप्रतियोगिका रुपमा अरुणले ‘चोट के हो ब्यथा के हो’ बोलको गीत गाएका थिए, जसलाई २०४५ सालमा म्युजिक नेपालले रेकर्ड गरेर बजारमा ल्यायो । ‘मेरो जीवनसँग मिल्ने भएकाले म चोट के हो नै गाउँछु भनेर अरुणले भनेका थिए’, गीतकार सुवासचन्द्र भन्छन, ‘उनी गीत छानेर गाउँथे । उनको स्वर कसैसँग मिल्दैनथ्यो, मौलिक थियो ।’

विमलासँगको वियोग

‘जति माया लाए पनि 
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
मनमा पीर त पर्ने नै भयो’

अरुणले यो गीत त्यसै गाएका हैनन् । यसमा उनकै पीडा छ । त्यसबेला उनका पिता नेपाल बैंक लिमिटेडका पोखरास्थित क्षेत्रीय कार्यालयमा कार्यरत थिए । बैंकको आवासगृहकै छेउमा थियो, विमलाको घर । विमला अर्थात अरुणकी प्रथम प्रेमिका । पोखराको पिएन क्याम्पसमा पढ्दा अरुणले किशोर कुमारको ‘मेरा जीवन कोरा कागज,कोरा ही रह गया’ गाएका थिए । त्यसबाट प्रभावित विमलाले नै अरुणलाई प्रेम प्रस्ताव राखेकी थिईन् । यो जोडीले परिवारको सहमतिबिना २०३४ सालको माघमा गायक ओमविक्रम बिष्ट लगायतका केही साथीहरुलाई साक्षी बनाएर गुहेश्वरी मरिन्दरमा विवाह गरेको थियो ।

माइती पक्षले उनीहरुको सम्बन्ध छुटाउने कोशिस ग¥यो । केटीका बाबुले अरुणलाई ‘तह लगाउन’ दार्जीलिङका चर्चित दादा ‘रकी’लाई काठमाडौं झिकाएको चर्चा पनि त्यसबेला खुबै चलेको थियो । बिमलाका दाई विश्व भने अरुणका साथी थिए । अरुणलाई तह लगाउन बाबुले गुण्डा झिकाएको थाहा पाएपछि विश्वले आफ्नो साथीलाई बचाउने कोशिस गरे । उनले अरुणलाई फकाएर ‘पछि फर्काउने’ शर्तमा विमलालाई माइतमै फर्काए । दार्जीलिङबाट आएका गुण्डा रकीलाई पनि उतै फर्काइदिए । तर, बाबुले बिमलालाई अर्कै केटासँग विवाह गरिदिए । प्रेम बियोग सहन नसकेपछि एउटा होनाहार गायक नशालु पदार्थको कुलतमा लाग्यो ।

चोटमाथि चोट

प्रेम बियोगपछि अरुणको जीवनमा चोटमाथि चोट थपियो । उनले ललितपुरकी मुना केसीसँग विवाह गरे । तैपनि उनी कुलतबाट मुक्त हुन   सकेनन् । २०३७ सालमा पिता र २०३९ सालमा माताको निधन भयो । अरुणमा पारिवारिक जिम्मेवारी बढ्यो । उनले झम्सीखेलको घर बेचे । पत्नी मुनाको नाममा रहेको जग्गा २०४४ सालमा बेच्न बाध्य भएपछि उनको दाम्पत्य जीवन पनि सफल भएन । पत्नीसँग उनको सम्बन्ध विच्छेद भयो । त्यसपछि त उनको जीवन झन अस्तव्यस्त भयो ।

२०४५ सालमा लागू पदार्थ दुव्र्यसनीको आरोपमा उनी १५ महिना जेल पनि बसे । तैपनि नशाले उनको जीवनलाई छाडेन । अत्यधिक लागू पदार्थ सेवनकै कारण उनलाई कलेजोको हेपाटाइटीस बीको संक्रमण भयो । घर छुट्यो, परिवार छुट्यो । उनको जीवन ‘देवदास’ झैं भयो । जीवनका अन्तिम क्षणमा अमृत गुरुङ, इश्वर गुरुङ र बहिनी मिना थापाले अरुणको हेरविचार गरे ।

‘म आफंै पनि पव्लिक हेल्थको विद्यार्थी, मैले पनि अरुणलाई कुलतबाट मुक्त गर्ने कोशिस गरेकै थिएँ । तर उनी लाइनमा आउन सकेनन्’, गीतकार सुवासचन्द्र ढुंगेल भन्छन् । बागबजारको यात्री गेस्ट हाउसमा २०५६ साल साउन ५ गते उनको कारुणिक निधन भयो । रेडियो नेपाल र अन्य एफएम प्रशारणमा बजिरह्यो ः

 ‘चोट के हो व्यथा के हो 
   म जस्तो घाइतेलाई सोध ।’

 वेटीङ फर गडोट

अर्को एउटा घटना निकै मार्मिक छ अरुणको जीवनको । अरुणले धेरै गीत गाए पनि उनको एकल एल्बम बजारमा आएको थिएन । त्यसैले मगर युवा संघले उनको एकल एल्बम निकाल्ने चाँजोपाँजो मिलायो । ‘अरुण’ नामक एल्बम तयार भयो । यो २०५४ सालतिरको प्रसंग हो । शंकरदेव क्याम्पस अगाडि लाफा भवनमा एल्बम विमोचनको कार्यक्रम थियो । प्रमुख अतिथि थिए, कवि बैरागी काँईला । साथमा केही मन्त्रीहरु, संगीतकार प्रकाश गुरुङ, युधीर थापालगायत त्यसबेलाका संगीत अनुरागी सबैको उपस्थिति थियो । सबै आए, तर गायक अरुण स्वयं भने आएनन् ।

एल्बम विमोचन समारोहका उद्घोषक थिए प्रकाश सायमी । उनको धैर्यले पनि सीमा नाघ्यो । ‘ २ बजेको कार्यक्रम थियो, साढे तीन बजिसक्दा पनि अरुण आएनन्’, प्रकाश सम्झन्छन्, ‘त्यसपछि उनी नआए पनि कार्यक्रम सुरु गरियो । बेहुलो बिना नै विवाह सुरु भयो ।’ एल्बम बिमोचनपछि कवि बैरागी काँईलाले भने, ‘यो त स्यामुल बेकेटको नाटक वेटीङ फर गडोटजस्तो भयो । भगवानले मोजा खोजिदेला भनेर भगवानको प्रतिक्षा गरेको, भगवान नै आएनन् ।’

संगीत अन्वेषक प्रकाश सायमीलगायतका साथीहरुले एल्बम विमोचनपछि घर फर्कंदै गर्दा बागबजार, पद्मकन्या क्याम्पस अगाडि मानिसहरुको भीड देखे । के भयो रु के भयो रु सबैको जिज्ञासा । एउटा भन्यो, ‘अहिले भर्खर यहाँ एउटा जँड्याहा लडेको थियो । उसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।’ प्रकाश सायमीका अनुसार भीडबाटै कसैले भन्यो, ‘त्यो पनि अरुण थापाजस्तै रहेछ ।’

नभन्दै, प्रहरीले पक्राउ गरेका मानिस अरुण थापा नै रहेछन् । भोलिपल्ट पत्रिकामा अरुण थापाका बारेमा एकैदिन दुईवटा खबर छापिए । एकातिर शीर्षक थियो, ‘अरुण थापाको एकल एल्बम सार्वजनिक ।’ अनी अर्को शिर्षक थियो, ‘गायक अरुण थापा पक्राउ ।’ जुनदिन एल्बम विमोचनको कार्यक्रम थियो, त्यसैदिन अरुण आफ्नी प्रथम प्रेमिका बिमलालाई त्यो खबर सुनाउन र कार्यक्रममा निम्तो दिन बागबजारस्थित उनको घरमा गएका रहेछन, त्यो पनि मातेको तालमा ।  ‘सायद विमलाका परिवारले अरुणलाई उनको घरमा छिर्न दिएनन । उनको ताल देखेर छिमेकीले प्रहरीलाई बुझाए’, प्रकाश भन्छन् ।

(यो सामग्री पत्रकार कुशुम भट्टराइले  सरल पत्रिकाकै लागि तयार गरेका थिए गायक अरुण थापाको स्मृति दिवसका दिन,आज तिनै  अमर गायक थापाको सम्मानमा यसलाई पुन प्रकाशन गरिएको छ - सम्पादक ।)

उपप्राध्यापक भट्टराईलाई विद्यावारिधि

  काठमाडौँ, ७ भदौ । उपप्राध्यापक नेत्रविनोद भट्टराईले संस्कृतमा विद्यावारिधिको उपाधि प्राप्त गरेका छन् ।    भट्टराईले नेपाल संस्कृत

‘रणहार’ पुस्तकलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बा श्री

  काठमाडौँ १ भदौँ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यस बर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको छ

शौचालय जाँदा बेहोस भएका वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडाैं, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना

 शाश्वतको नवीन  कृति ‘होस्टल’ सार्वजनिक

काठमाडौं । शाश्वत घिमिरेद्वारा लिखित उपन्यास होस्टल लोकार्पण भएको छ । १७ वर्षको उमेरमा शाश्वतले होस्टल नामक पुस्तक लेखेका छन् ।  यस पुस्तकका बारेमा