नारायणीमा दशैँदेखि पानीजहाज

चितवन  । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो । चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ । 


तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको  ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलले जानकारी दिनुभयो । बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारेका थिए । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन् । 


जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपियाँ लगानी भइसकेको कँडेलले बताउनुभयो । “सरकारले गएको आर्थिक वर्र्षमा एक करोड रुपियाँ सहयोग गरेको थियो, बाँकी चार करोड रुपियाँ हामी आफैँले लगानी गरेका छाँै’’, कँडेलले भन्नुभयो । 


‘‘चितवनका छ जना युवा मिलेर नयाँ काम गराँै भन्ने सोचेर यो काम गरेका हौंँ’’, उहाँले भन्नुभयो । उक्त पानीजहाज निर्माणमा कम्तीमा १५ करोड रुपियाँ खर्च हुने अनुमान छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि जहाज हिँड्ने बाटोसमेत अध्ययन गरेको कँडेलले बताउनुभयो । 


दैनिक १५० जनासम्म हेर्न आउने निर्माण हँुदै गरेको पानीजहाजको सुरक्षाका लागि बार लगाइएको छ । बाढीले क्षति नपु¥याओस्् भनी आरसीसी पिल्लर निर्माण गरी सिक्रीले बाँधेर राखिएको छ । 


तीन सय जना अट्ने पानीजहाजमा रेस्टुरेन्ट, सानो सेमिनार हलसमेत निर्माण हुने निर्देशक कँडेलले जानकारी दिनुभयो । तीन घण्टाको यात्रा रहने यो जहाजको पर्यटन प्रवद्र्धन गरी मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । 


काभ्रेघाटबाट चढेर देवघाट पुगी पुनः काभ्रेघाट पुगेर यात्रा सकिन्छ । जहाज रोक्ने स्थान निर्माणमा ठूलो लगानी रहने भएकाले एउटा ठाउँमा मात्र पोर्ट बनाइएको कम्पनीले जनाएको छ । पानीजहाज निर्माणमा सहजीकरण गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘‘नेपालका लागि यो नयाँ हो तर असम्भव होइन । 


यसको प्रचारप्रसार भए नयाँ पर्यटकीय गन्तव्य बन्ने छ । ’’ जङ्गल सफारी, संस्कृति अवलोकन, धार्मिक स्थलसँगै पानीजहाजको अनुभव चितवनमै लिन सकिने पाण्डेले बताउनुभयो । 


“युवाले पानीजहाज चलाउनु प¥यो भनेर सल्लाह लिन आउनुभएको थियो, मैले नै सहजीकरण गरेको थिएँ । अहिले सञ्चालनको अन्तिम तयारीमा रहेकोमा खुसी लाग्यो’’, पाण्डेले भन्नुभयो । सानो आकारको यो पानीजहाज सञ्चालन भएपछि पर्यटक वृद्धि हुने विश्वास लिएको उहाँले   बताउनुभयो । 


नयाँ सोचका साथ आएको योजनालाई प्रदेश सरकारले समेत सहयोग गरेको प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले बताउनुभयो । “चालू आर्थिक वर्षमा पार्किङ स्थल निर्माणका लागि पहल गरियो र दुई करोड रुपियाँ बजेट छुट्ट्याइयो पनि’’, सांसद भुर्तेलले भन्नुभयो, ‘‘यो चितवनको मात्र होइन नेपालको लागि खुसीको विषय हो, पर्यटन वर्ष सफल बनाउन यसले पनि सहयोग गर्छ । ’’


सिङ्गापुर र भारतबाट आएका प्राविधिकको टोलीले पुस महिनामा पानीको गहिराइबारे अध्ययन गरेका थिए । त्यसपछि पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । यहाँ निर्माण गरिरहेको प्राविधिक कम्पनीले भारत, श्रीलङ्का, मलेसिया, दुबई लगायतका देशमा राम्रो जहाज निर्माण गरेर सम्मानित भएको दाबी गरिएको छ । (गोरखापत्र दैनिकबाट)

राष्ट्रपति कार्यालयमा पूर्वएमालेकाे बैठक, जबज जोगाउन यस्तो बन्यो प्लान

काठमाडौं, १ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद

सेना लखेटेर प्रचण्ड, बाबुराम र महरालाई दिएको त्यो आश्रयस्थलः ‘अहिले त सबैले बिर्सिए’

राजपुर (दाङ), १ भदाै । राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे,

प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग यस्ताे सम्झाैता

काठमाडौँ, १ भदौ । लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र

डरलाग्दाे तथ्याङ्कः प्रत्येक ३० घण्टामा बलात्कार

वीरेन्द्रनगर, १ भदाै । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक