अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिकामा अंक थपेको आरोप लागेका ६७ वर्षीय रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्।

पाण्डेले बिहीबार दिउँसो त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेको महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए।

आफन्त र नजिकका मान्छेलाई उत्तरपुस्तिकामा नम्बर थपेर उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो। अख्तियारले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कानुनी परामर्शको लागि त्रिपुरेश्वर पुगेका उनले उक्त भवनबाट हाम फालेको र उनको तत्कालै निधन भएको बताईएको छ । 

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया, ८ भदाै । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७०