मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।
नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् ।
राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो ।
आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला शहरको नजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो । बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन । (रासस/सिन्ह्वा)

काश्मिरमा चार हजार व्यक्ति पक्राउ 

  श्रीनगर । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

  थिम्पु १ भदौँ । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

    ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन्

थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

  बैंकक १ भदौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका