मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उनले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिए । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १५/० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६०/०, सिमरामा ७/०, नेपालगञ्जमा ५४/० र जुम्लामा ०/३ मिलिमिटर वर्षा मापन गरिएको छ । राति देशभर सामान्य बदली रहीे केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

शनिबार  देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त  महाशाखाको भनाइ छ ।  त्यस्तै उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । रासस

एनआरएनका अध्यक्षमाथि अनुशासनको कार्बाही होला ?

काठमाडौं । एनआरएन भनेर चिनिने गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष भवन भट्ट अनुशासन उलंघन हुनेगरी मदिरा सेवन गरेको आरोपमा चढिसकेको विमानबाट

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय