बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा धुने र नुहाउने साबुन, सरफ, चिउरा, भुजिया र दालमोठ वितरण गरेको छ । 

    नगरपालिकाकी उपप्रमुख निर्मला थापाले अविरल वर्षाका कारण १२ घर पूर्ण क्षति भएका छन् भने दुई घरको अवस्था सामान्य रहे तापनि गोठ भने पूरै भत्किएको बताउँदै पीडित परिवारलाई राहत उपलब्ध गराइनेछ भनिन् ।

    प्रभावित परिवार हाल छिमेकीको घरमा बस्दै आएका छन् । वडाध्यक्ष बलराम लामाले ललितपुर जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने बताएका छन् । रासस

पूर्वराजदूत हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पक्राउ

काठमाडौं । पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का

२५ हजार घुससहित सवइन्जिनियर पक्राउ

  काठमाडौँ १ भदौ । बनेपा नगरपालिका ११ काभ्रेका सवइन्जिनियर आकाश श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।  भूकम्पपछि सरकारले आवास निर्माणको लागि दिएको

तीन जनाविरुद्ध किटानी जाहेरी

काठमाडौँ १ भदौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी

प्राधिकरणको मुनाफा बढ्दै जाँदा थपिँदै चुनौती

काठमाडौँ १ भदौ । आर्थिक वर्ष २०७२÷७३ मा सञ्चित घाटा रु ३४ अर्ब रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५÷७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब