इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ । 

फाइनलमा खेलमा न्यूजिल्याण्ड विरुद्ध नटआउट ८४ रन बनाएका २८ वर्षीय स्टोक्सले सुपर ओभरमा पनि राम्रो प्रदर्शन गरेका थिए । फिल्डीङ तथा बलिङ दुबैमा अब्बल प्रदर्शन गर्दैै प्लेयर अफ द फाइनल चुनिएका स्टोक्सलाई न्यूजिल्याण्डर अफ द एयर अर्थात् न्यूजिल्याण्डको वर्ष व्यक्ति अवार्डको लागि मनोनित गरिएको खबर बाहिरिएको छ । 

उक्त अवार्ड मनोनयन समितिका प्रमुख क्यामरुन बेन्नेटले स्थानीय पत्रिकासँग कुरा गर्दै उनले भने, ‘न्यूजिल्याण्डको टोलीबाट नखेलेपनी उनी यतै जन्मेका हुन् । उनका आमा बुवा अझै क्राइसचर्चमै बस्छन् । न्यूजिल्याण्डको ठुलो जमात् उनलाई आफ्नै ठान्छन् ।’ 

स्टोक्स न्यूजिल्याण्डको शहर क्राइसचर्चमा जन्मेका हुन् । १२ वर्षको उमेरमा उनी आफ्नो परिवारसँगै इंग्ल्याण्ड आएका थिए र उनको क्रिकेट करियर त्यहि जम्न सफल भयो । 

उक्त अवार्डको लागि स्टोक्सको साथ न्यूजिल्याण्डको कप्तान केन विलियमसन पनि छानिएका छन् । बेन्नेटका अनुसार विलियमसनको उत्कृष्ट क्षमताका कारण उनी छनौट भएका हुन् । त्यस्तै उनले १५ वर्ष माथीका सबै न्यूजिल्याण्डका जनता यो अवार्डमा मनोनयन हुन योग्य रहेको खुलासा गरेका छन् । 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन