कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच एकता र सहकार्यको आवश्यकताबारे ती नेताहरुवीच गम्भीर छलफल भएको भेटमा सहभागीले एक युवा नेताले बताएका छन् । 
कांग्रेस नेता शेखर कोइराला र लक्ष्मणप्रसाद घिमिरे शुक्रबार बिहान पूर्व पञ्च नेता नवराज सुवेदीको कुमारीगाल निवास पुगेका थिए । सुवेदी निवासमा अर्का पूर्व पञ्च नेता हरिबहादुर बस्नेत पनि उपस्थित थिए । 

वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको समेत उपस्थिति रहेको अनौपचारिक छलफलमा समकालिन नेपाली राजनीतिको विविध पक्षमा चर्चा भएको कांग्रेसका युवा नेता लोकेश ढकालले आफ्नो फेसबूकमा लेखेका छन् । 

नेता ढकालका अनुसार, देशको प्रजातान्त्रिक आन्दोलनको धरोहर काँग्रेसको दूरवस्था, सत्ता पक्ष र सरकारको अराजनीतिक चरित्र र व्यवहार लगायत विविध पक्षमा रोचक छलफल भएको थियो ।

  देशमा बढ्दो कम्युनिस्ट शक्तिका अगाडि प्रजातान्त्रिक शक्ति  काँग्रेस कमजोर वन्नु, संसद र सडक दुवै कित्तामा काँग्रेसको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै सबैले चिन्ता व्यक्त गरेको ढकालले लेखेका छन् । (तस्बिर: लोकेश ढकालको फेसबूकबाट) 
    
 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा