पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो प्रयास गरिरहेको छ ।

यसअघि युभेन्टसबाटै खेलेका पोग्बा मेनचेष्टर युनाइटेड गएपछि अपेक्षाकृत सफल हुन सकेका छैनन् । विशेषगरी प्रशिक्षक होसे मौरिन्होसँग उनको व्यक्तिगत टकरावले उनी आफ्ना सम्भावना अनुसार जम्न सकेनन् ।

होसे बाहिरिएसँगै पुरानै लयमा फर्किएका पोग्बाले आफुलाई नयाँ चुनौति चाहिएको भन्दै क्लबबाट बाहिरिने इच्छा जाहेर गरिसकेका छन् ।

उनलाई अहिले लिनसक्ने दुई सम्भावित टोली मध्ये रियल मेड्रिड र युभेन्टस देखिएको छ । रियलले यो सिजनमा २ सय ७० मिलियन युरो खर्च गरिसकेको छ । त्यस्तै युभेन्टसले पनि मेथ्थियास डे लिटको लागि कीर्तिमानी मुल्य चुकाएको छ ।

युनाइटेडले भने पोग्बाको लागि १ सय ६० मिलियन युरो माग गरिरहेको छ । नगद नै तिरेर पोग्बालाई टोलीमा ल्याउने सम्भावना पातलिएसँगै युभेन्टसले आफ्ना तीन खेलाडी, ब्लेज मातुइदी, डगलस कोस्टा र योआओ कान्सेलोलाई दिएर पोग्बा ल्याउन प्रस्ताव गरेको बताईएको छ । त्यस्तै रियलले पनि उनलाई क्लबमा ल्याउने प्रयास छोडेको छैन ।

२६ वर्षीय पोग्बाका एजेन्ट मिनो रायोलाले क्लब छोड्ने मनस्थिती यसअघि नै सार्वजनिक गरिसकेका छन् । अघिल्लो महिना टोकिएकोमा भएका एक कार्यक्रममा पोग्बाले आफ्नो आगामी सिजन अन्तै हुनसक्ने बताएका थिए ।

तीन वर्षसम्म मेनचेष्टर युनाइटेड बसिसकेकोले अब नयाँ चुनौति चाहिएको उनले बताएका थिए ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन