नरसंहार स्थल जान रोकियो गान्धीलाई

एजेन्सी । सोनभद्र क्षेत्रमा भएको बर्बर नरसंहार स्थलमा जान कांग्रेस आईकी महासचिव प्रियंका गान्धीलाई रोक लागेको छ । यसको विरोधमा उनी धर्नामा बसेकी छिन् ।

उत्तर प्रदेशको सोनभद्र क्षेत्रमा जग्गा सम्बन्धी विवाद हुँदा ३ महिलासहित १० जनाको हत्या भएको छ भने करिब २५ जना घाइते भएका छन् । उक्त घटनामा संलग्न २८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अझै किटानी जाहेरी दिइएको करिब ३२ जना फरार रहेको बताईन्छ ।
गान्धी मृतकका परिवार तथा घाइतेलाई भेट्नको लागि त्यस स्थानमा जाने कार्यक्रम तय थियो ।

गत बुधबार सोनभद्र जिल्ला स्थित एक गाउँका प्रमुखले ३२ वटा ट्रयाक्टरमा करिब २ सय मान्छे ल्याएर आदिवासी किसानहरुमाथी गोली बर्साउँदै नरसंहार मच्चाएको बताईन्छ । भुमाफिया समेत रहेका ती स्थानीय शासकले जग्गा विवादमा शक्ति प्रयोग गर्दै नरसंहार मच्चाएपछि उक्त क्षेत्र तनाव ग्रस्त भएको छ ।

उनलाई उक्त स्थानमा जान रोक लगाएपछि आकोश्रित हुँदै उनले आफुलाई कुन कानुनको आधारमा रोकिएको भन्दै विरोध गरेकी छिन् ।

गान्धीलाई अहिले प्रहरीले पक्राउ गरेको भारतीय मिडियाहरुमा आइरहेको छ । पक्राउ पर्नुअघि गान्धीले स्थानीय ट्रमा सेन्टरमा गइ घटनाका घाइतेहरुलाई भेटेकी थिइन् । ती बिरामीहरुलाई भेटेपछि नै उनले घटनास्थल जाने कार्यक्रम बनेको बताईएको छ ।

 

 

छुरा प्रहार गरी पत्रकारको हत्या

टोलुका, मेक्सिको, ८ भदौ । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित

अन्तरिक्षमा अपराध गरेकाे आरोपको अनुसन्धान गर्दै, अन्तरिक्षमा कुन कानुन लाग्छ ?

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएकोबारे

जी-सेभेन के हाे ? यस्ताे छ रोचक जानकारी

फ्रान्समा ४५ औँ शिखर सम्मेलनका लागि जी-सेभेन समूहका राष्ट्रप्रमुखहरू भेट्दैछन् । जी-सेभेन वास्तवमा के हो ? यसका सदस्यहरू को-को हुन् ? यो समूहले के गर्छ

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य 

काठमाडौँ, ७ भदौ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र