विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे 'कमाण्डर'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु गरिसकेको छ । विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनका लागि सरकार र नेकपाका नेताहरुले टीम नै बनाएर खटाएका छन् ।

विप्लव समूहसँग वार्ताका लागि नेकपाका हाइकमाण्ड नेताहरुले समूह-समूह बनाएका छन् । जसअनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल र कर्ण थापालाई खटाएका छन् । त्यस्तै नेकपाका अर्का अध्यक्ष प्रचण्डले जनार्दन शर्मा, लेखराज भट्ट र अग्निप्रसाद सापकोटालाई खटाएका छन् ।

त्यस्तै नेकपाका वरिष्ठ जेता माधवकुमार नेपालले तत्कालिन वार्ता टोलीका संयोजकसमेत रहेका सोमप्रसाद पाण्डेलाई खटाएका छन् । त्यसोत गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक सल्लाहकार सुर्य सुवेदी पथिकलाई खटाएका छन् । गृहमन्त्री थापा आफै पनि विप्लवसँग वार्ताको लागि सक्रिय भएका छन् । शीर्ष नेताले खटाएका टोलीले विप्लव समूहसँग केहि छलफलसमेत गरेका छन् । तर उनीहरुले विप्लवसँग भने वार्ता गर्न सकिरहेका छैनन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लवबारे पार्टीभित्र छलफल नभएपनि उनलाई मिलाउनका लागि सबै लागि परेको बताए । उनले हत्या हिंसा भन्दा पनि वार्ताबाटै समस्याको समाधनका लागि पहल भइरहेको बताए । वार्ताबाट सहमति हुने विषय भएकाले पार्टीले कुनै निर्णय नगरेको उनले बताए ।

झलनाथको बढुवा, माधव नेपालको घटुवा: अरु कसले के जिम्मेवारी पाए ?

 काठमाडौं । नेकपाका नेताको वरियता मिलाउँदा पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकतह घटुवा गर्दै अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई एकतह बढुवा

नेकपाभित्र अध्यक्षद्धयको अभिव्यक्तिले ‘हलचल’ 

  काठमाडौं १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमाले र माओवादी केन्द्रबिच ‘पार्टी एकता नगरेको भए

स्वास्थ्य परिक्षणको लागि सिंगापुर जादै प्रधानमन्त्री 

  काठमाडौँ १ भदौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि पुन ः  सिंगापुर जाने भएका छन् । स्वास्थ्यमा फेरि समस्या देखिएकाले

प्रमुख प्रतिपक्ष भन्छ: \'प्रधानमन्त्री सबै परीक्षामा फेल\'

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्