आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा बसेको बैठकमा उक्त निर्णय सर्वसम्मत पारित भएको छ ।

बैठकमा नेपालको निलम्बनबारे निर्णय हुने आशा विपरित यसबारे एजेण्डा नै नउठेको थाहा भएको छ । लामो समयदेखि निलम्बनमा रहेको नेपाली क्रिकेटलाई आईसीसीको यो बैठकले केहि राहत दिने अपेक्षा गरिएको थियो । आईसीसीले भनेअनुरुप विधान तयार गरेपनी निर्वाचन गराउने काममा अनावश्यक ढिलाइ गरेको कारण निलम्बन फुकुवाको प्रक्रिया लम्बिएको बताईएको छ ।

त्यस्तै उक्त बैठकमा जिम्बाब्वे क्रिकेट प्रजातान्त्रिक रुपमा निर्वाचन गराउने दायित्व पुरा गर्न नसकेको र अनावश्यक रुपमा सरकारी हस्तक्षेप बढेको निष्कर्ष निकालेको छ ।

आईसीसीको निलम्बन पश्चात जिम्बाब्वेले आईसीसीबाट पाउने आर्थिक सहयोग पनि रोक्का हुने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि रोकिने भएको छ । यसैको कारण आगामी अक्टोबरमा टी–२० विश्वकपमा उसको सहभागिता पनि अन्यौलमा परेको छ ।

निर्णयबारे बताउँदै आईसीसीका अध्यक्ष शशांक मनोहर भन्छन्, ‘जिम्बाब्वेमा भएको घटनाक्रमले आईसीसीको विधानलाई गम्भीर रुपमा उल्लंघन गरेको छ । हामी यसमा केहि नगरी बस्न सक्दैनौं । जिम्बाब्वेमा क्रिकेटको निरन्तरता आईसीसीको विधान अनुरुप होस् भन्ने हाम्रो चाहना हो । ’

त्यस्तै आईसीसीको उक्त बैठकले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि खेलाडी परिवर्तन गर्न मिल्ने नियम लागु गर्ने निर्णय गरेको छ । यो नियमले बाह्रौं खेलाडीलाई आवश्यकता अनुसार कुनै खेलाडीको स्थानमा खेलाउन पाइने छ । यसरी परिवर्तन गर्ने खेलाडीलाई म्याच रेफ्रीले अनुमोदन गर्नुपर्नेछ ।

यसअघि खेलाडी घाइते हुँदा चोटको अवस्थामा खेल्नु पर्नाले यो नियमको आवश्यकता महसुस गरिएको बताईन्छ । घरेलु क्रिकेटमा यसको सफल परिक्षण पश्चात यसलाई आगामी अगस्ट १ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा लागु गर्ने भएको छ । आगामी एसेज सिरिज अन्तर्गतको टेष्टबाटै यो नियम औपचारिक रुपमा सुरु हुने भएको छ ।

बैठकमा सुस्त ओभर रेटको नियममा पनि सामान्य परिवर्तन गर्ने निर्णय भएको छ । ओभर रेट तोकिएको भन्दा सुस्त भएमा क्याप्टेनलाई निलम्बन गर्ने नियम हटाइएको छ । यसको स्थानमा आईसीसी टेष्ट च्याम्पियनसिपमा खेलाडीहरुको अंक घटाइने व्यवस्था गरिएको छ ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन