अनेरास्ववियूलाई पहिलो गाँसमै ‘ढुंगा’ लागेपछि...

काठमाडौं, ३ साउन । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन जिल्ला कमिटीको एकता हुन नपाउँदै केन्द्रमा विवादले उग्र रुप लिएको छ । बिहिबार अनेरास्ववियूका संयोजक ऐन महरले एकलौटी कार्यकर्ता भेला गरेपछि विवादले उग्र रुप लिएको हो ।

नेकपाका अध्यक्ष ओली निकटका महरले हिजो गरेको पत्रकार सम्मेलन पूर्वमाओवादी समूह र माधवकुमार नेपाल समूहले बहिस्कार गरेको छ । आफुहरुसँग कुनै छलफल नै नगरि संयोजक महरले कार्यक्रम राखेको भन्दै कार्यक्रममा सहभागी नभएको विद्यार्थी नेताहरुले बताएका छन् । 

पूर्वमाओवादी समूहका विद्यार्थी नेता सुरेन्द्र बस्नेतका अनुसार एकलौटी ढंगले कार्यक्रम गरेकाले सहभागी नभएको बताए । ‘विधिसम्मत भएन, एकताको भाव झल्किएन’ बस्नेतले सरल पत्रिकासँग भने ‘यति ठूलो कार्यक्रम छलफलविना हतारमा नगरौं भनेका थियौं तर महरले एकलौटी गरे ।’ सहसंयोजक रञ्जित तामाङ पनि देश बाहिर भएकाले अस्ति मसँग महरको केहि अनौपचारिक कुराकानी भएको थियो तर उहाँले एकलौटी गर्न खोजे । उठेका विषयमा हाम्रो कुनै असहमति छैन् । तर एकतापछिको पहिलो कार्यक्रममा नै एकलौटी भयो ।’ 

हिजोको उक्त कार्यक्रममा पूर्वमाओवादीबाट बस्नेत, उत्तम अधिकारी र माधव नेपाल समूहबाट सुदेश पराजुलीलगायत समूहले नै बहिस्कार गरेको बताइएको छ ।

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा