झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।

 वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए। मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

बिहीबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किने कार्यक्रम शुरु गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो जसलाई ‘लिसमेनियासिस’ पनि भन्ने गरिन्छ । यो रोग सङ्क्रमित पोथी जातको एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।

 यसअघि नै गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका अधिकृत वेदप्रकाश घिमिरले बताए। उनले सङ्क्रमित व्यक्ति भेटिएको स्थानमा थप रोगलाई फैलिन नदिनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भुसुना मार्ने औषधि छर्कने काम भइरहेको बताए। रासस

‘पर्फेक्ट’ महिला बन्ने चक्करमा डिप्रेशनको शिकार   

  काठमाडौँ, ७ भदौ । महिलाहरु आफ्नो छवि समाजमा सधैँ सही होस् भन्ने चाहान्छन् । नेपालजस्तो पितृसत्तात्मक समाजमा महिलाहरु सधैँ पुरुषको नजरमा असल र

यसकारण टोक्नु हुँदैन नङ 

  काठमाडौँ, ६ भदौ । सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन् । सबै भन्छन, ‘हात सफा

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

काठमाडौँ, ६ भदौ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन

 झापाका बजारमा पिउन अयोग्य पानीको बिगबिगी

बिर्तामोड । झापाका बजारमा निम्न गुणस्तरका पानी छ्यापछ्यापी भएको पाइएको छ । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको