दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न उपचार गर्ने उपायहरु हुन्छन् । शरीरको नियमित ख्याल गर्ने व्यक्तिलाई घरेलु उपचारबाट नै स्वास्थ्य लाभ भैरहेको हुन्छ भने आफ्नो स्वास्थ्यका बारेमा उत्तिसारो वास्ता नगर्ने लहडी व्यक्ति रोगले च्यापेपछि मात्रै हडबडाएर अस्पताल पुग्ने गर्छन् । तर हाम्रो घर र भान्सामै प्रयोग भैरहेका वा खेतबारीमै पाईने औषधीय गुण भएका वनस्पतिको पहिचान गरी तिनको उचित प्रयोग गरेमा कैयौं उपचार पाउन सकिन्छ । यस्तै विभिन्न किसिमका शारीरिक समस्या आईपर्दा कसरी उपचार हुनसक्छ भन्ने बारेमा यहाँ केही सरल उपायबारे सुझाईएको छ । विस्तृत जानकारीका लागि पढौं, यस्ता छन् उपाय:

  दम


– अलिकति पाकेको तर बोक्रा ननिक्लेको केरालाई दुई  फ्याक नहुनेगरी बीच भागमा चिरेर नुन र मरिचको धुलो भरेर रातभरि चन्द्रमाको उज्यालोमा राख्नुहोस् र भोलिपल्ट बिहानै सो केरालाई आगोमा सेकाई खानुहोस् । दमको रोग कम हुन्छ ।
–    बेलपत्र र असुरालाई पानी हालेर कुटेपछि आएको रसमा मह मिसाई सेवन गर्नाले दमको रोग निको हुन्छ । 

–    गुलाफ १५ ग्राम र तीन लाल फिट्किरी मिलाएर दिनमा तीन पल्ट खाने गरेमा दमको रोगमा ठूलो लाभ हुन्छ । 

– मह एक लिटर एउटा भाँडोमा आगोमाथि बसाल्ने र २५ ग्राम पिपला र ५० ग्राम सुठो (सुकेको अदुुवा) बनाएर मह उम्लन लाग्दा माथिबाट छर्नुपर्छ र पूरा नउम्लँदै निकाली फिटेर बोतलमा बन्द गरी राख्नुपर्छ । चिसो भएपछि दिनमा १५–२० पल्ट चाट्ने गरे दमको रोगमा लाभ गर्छ । 

दाँत कीराले खाएमा 

– जौको दाना बराबर नौसादारको गोली बनाएर कीराले खाएको खोक्रोमा भरिदिनाले तुरुन्तै आराम हुन्छ । 

– दाँत कीराले खाएमा हिङ तताएर दाँतको खाल्टोमा भर्याे भने आराम गर्छ । 

– बरको दूध दाँतको कीरा लागेको खोपिल्टामा लगाउनाले लाभ गर्छ ।  

–    दाँतमा किरा लागे वा दाँत दुखेमा चारवटा ल्वाङ पिसेर किरा लागेको खाल्टोमा भरी राखेमा सो पीडाबाट छुट्कारा मिल्छ । 

–    दाँत किराले खाएर खाल्टो परेमा सो खाल्टोमा फिट्किरीको मिहिन पाउडर भरिराखेमा किरा सबै मर्छन् । 

–    दाँतमा किरा लागे तुलसीको रस तेल लगाएझैं पाँच–सात थोपा लगाए लाभ हुन्छ ।
 
दाँत कुँडिनेमा

–    एक तोला तिल र सक्खर मिलाएर खाए दाँत कुँडिएको निको हुन्छ । 

दाँतको रोगमा

–    फिट्किरीको मिहिन पाउडरले दाँत माँझ्ने गरेमा गिजाबाट पिप आउने, दाँत हल्लिने, दाँतमा किरा लाग्ने रोग निको हुन्छ ।
–    तुलसीको पातको रस अनारको रससँग खान दिनाले केटाकेटीको दाँत सजिलै उम्रन्छ ।
 
दाँत चम्काउन

–    महले मञ्जन गर्दा दाँत चम्किलो, सेतो र बलियो हुन्छ । 

–    दाँत पहेँलिएमा कागतीको रस मिलाई मञ्जन गरेमा दाँत पुनः चम्किन थाल्छ । 

–    दाँतलाई चम्काउन वा राम्रो पार्न हरेक दिन बिहान अलिकति नुनपानीमा बेसार हाली तताएर दाँतलाई सफा गरेमा चम्किलो पारिदिन्छ । साथै दाँतको हर्सा (रगत आइरहने, गिजा सुन्निने) जस्तो रोगलाई पनि निको पारिदिन्छ । 

दाँत दुखेमा

–    अदुवाको टुक्रा दुखेको ठाउँमा राखेर दबाई राख्नाले दाँत दुखेको सञ्चो हुन्छ । 

–    तुलसीको पात पिसेर मरिचको दाना बराबर गोली बनाएर एउटा–एउटागरी  दुखेको दाँतमा च्यापिराख्नाले दुखेको दाँत ठीक हुन्छ ।
 
दाँत मजबुत बनाउन

–    बिहान दाँत माझिसकेपछि केही पनि नखाइकन ५० ग्रामजति कालो तिल बिस्तारै बिस्तारै चपाएर खाने तर यसमा केही पनि नमिसाउने । त्यसका साथै चिसो पानी पिउने, इच्छा भए राति पनि त्यसै गर्न सकिन्छ । यसबाट दाँत एकदमै मजबुत हुन्छ ।
 
दाँत हल्लिएमा
 
–    दिसा बसेको बेला मुख बन्द गरेर दाँतले दाँतलाई खुब दबाएर बस्ने ग¥यो भने दाँत कहिल्यै पनि हल्लिदैँन, साथै दह्रो भइरहन्छ । 
–    पीपलको बोक्राको पाउडर बनाउर मल्ने गरे दाँत हल्लिन र दुख्न ठीक हुन्छ । यसको रसले कुल्ला गरे पनि हुन्छ । 

दागमा 

–    छालाको सेतो दागमा आरुको रस लगाउनाले ठीक हुन्छ । 

– घामले पोलेको तथा अन्य कारणले शरीरको छालामा दाग वा टाटा परेमा नरिवलको दूधमा कालो जिरा पिसेर मलम लगाएमा फाइदा हुन्छ ।

– आगो वा तेजाब आदिले पोलेर घाउ निको भैसकेपछि पनि त्यसको दाग रहिरहेमा सुपारी घोटी लेपन गरे केही दिनभित्रै खत बिस्तारै हराउँदै जान्छ । 

दादमा 

– दुबोको काढा पकाएर शरीरमा दल्नाले विभिन्न किसिमका दादहरु नष्ट हुन्छन् ।

– काँचो मेवाको टुक्राले दादमा दिनहुँ दल्ने गरे औषधीको काम गर्छ । 

– तुलसीको हरियो पात दादमा रगड्ने गरेमा लाभ गर्छ । 

– लसुन पिसेर लगाउनाले दाद नष्ट हुन्छ । 

 दुब्लो–पातलो भएमा

– घ्यू र सख्खर मिलाएर नियमित एक महिनासम्म खाएमा अथवा दैनिक दुई वटा केरा आधा माना दूधसँग खाने गरेमा मोटाइन्छ । 

दुबी आएमा 

– सुपारीको गेडा पोलेर अँगार भएपछि मसिनो गरी पिँधेर सोही मात्राअनुसार गन्धक पिँधेर मिसाउनुपर्छ र त्यसमा भिज्ने गरी मट्टितेल हाल्नुपर्छ । यो लेदो दुबी भएका ठाउँमा लगाउनुपर्छ, त्यसको छ घण्टापछि साबुन–पानीले धुनुपर्छ । यसो गरेमा केहि दिनमा नै दुबी निको हुन थाल्छ । 

दुबी रोगमा 

– यो रोगमा छाला सेतो र टाटे– पाङ्ग्रे हुँदै जान्छ । यो रोगमा नौसादा र महमा पिसेर सेतो भएका ठाउँमा लगाउनाले रोग जाती हुन्छ । 

दूध कम आएमा 

– दूध कम आउने आमाहरुले गाजरको रस पिउनाले दूध पग्रन्छ । 

– दूध कम आउने आमाहरुले बेसार–ज्वानोको झोल खाने गरेमा दूध प्रशस्त आउँछ ।

(स्रोतः लक्ष्मण राजभण्डारीको पुस्तक ‘सरल प्राकृतिक उपचार’ बाट) 

अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

  काठमाडौं ३२ साउन । आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई

औषधीय गुणले भरिपूर्ण पुदिना

  काठमाडौँ ३० साउन । पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी,

अल्छीपना बुद्धिमानीको निसानी 

काठमाडौँ ३० साउन । अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा

होसियार ! ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?   

काठमाडौँ ३० साउन । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ । यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका