आईसीसीको उत्कृष्ट खेलाडीको टोली यस्तो छ

एजेन्सी । हालसालै सम्पन्न भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ । खेलमा हुने हारजितले मात्र विश्वकपलाई रोमाञ्चक बनाउने नभइ खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको कारण पनि प्रतियोगिता आकर्षक हुने गरेको छ ।

यस्तै प्रतियोगिताभर आफ्नो जिम्मेवारी अनुसार प्रदर्शन गर्ने खेलाडीहरुको सूचीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उत्कृष्ट खेलाडीको टोली (टिम अफ द टुर्नामेन्ट) भन्दै प्रतियोगितामा उत्कृष्ट खेल्ने खेलाडीको सूची सार्वजनिक गर्ने गरेको छ ।

आईसीसीले हरेक विश्वव्यापी प्रतियोगितामा गर्दै आएको यहि प्रक्रियालाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

यसपटकको टोलीको लागि भने विश्वकप प्रतियोगिताको उपविजेता न्यूजिल्याण्डका कप्तान केन विलियमसनलाई यस टोलीको कप्तान भनिएको छ ।

त्यसबाहेक भारतका रोहित शर्मा र इंग्ल्याण्डका जेसन रोयलाई ओपनरको रुपमा टोलीमा समावेश गरिएको छ । त्यस्तै तेश्रो नम्बरमा कप्तान विलियमसन रहेका छन् । चौथो नम्बरमा बंगलादेशका अलराउन्डर सकिब अल हसन राखिएको छ ।

इंग्ल्याण्डका जो रुट र बेन स्टोक्सलाई क्रमशः पाँचौ र छैटौं नम्बरमा राखिएको छ भने अष्ट्रेलियाका विकेट किपर ब्याटसम्यान एलेक्स क्यारीलाई सातौं नम्बरमा राखिएको छ ।

आठौं नम्बरमा अष्ट्रेलियाकै बलर मिचेल स्टार्क छन् भने नवौं नम्बरमा इंग्ल्याण्डका जोफ्रा आर्चर रहेका छन् । दशौंमा न्यूजिल्याण्डकै लोकी फर्गुसन छन् भने ११ औं मा भारतका पेसर जसप्रित बुमराह परेका छन् । टोलीको बाह्रौं सदस्यको रुपमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टलाई राखिएको छ ।

यस विश्वकपमा कुल १० टोली सहभागि भएपनि कुल ५ टोलीको खेलाडीले मात्र आईसीसीको उत्कृष्ट टोलीमा स्थान बनाउन सकेका छन् । पाकिस्तान, वेष्ट इन्डीज, दक्षिण अफ्रिका, श्रीलंका र अफगानिस्तानका कुनैपनी खेलाडी यो सूचीमा अटाएका छैनन् ।

टोलीमा परेका उल्लेखित खेलाडीहरुको विशेष प्रदर्शनकै आधारमा ती टोलीहरुको प्रदर्शन उच्च रहेको आँकडामा स्पष्ट देखिएको छ ।

 

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन