एयर इन्डिया चरम आर्थिक समस्यामा

एजेन्सी । भारतीय राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया चरम आर्थिक समस्यामा परेको छ ।

दैनिक १५ करोड भारु घाटामा संचालन गरिरहेको एयर इन्डियाले पछिल्लो आर्थिक वर्षमा ७६ अर्ब भारु नोक्सानी व्योहोरेका बताईएको छ ।

निरन्तर घाटामा गइ इन्धनको बक्यौता तिर्न नसकेपछि आजदेखि भारतीय आयल निगमले विभिन्न ६ विमानस्थलमा एयर इन्डियालाई इन्धन नदिने घोषणा गरेको छ । यसरी इन्धन रोकिने विमानस्थलहरुमा पटना, पुणे, चन्डीगढ, कोचीन, विशाखापट्टनम र राँची रहेका छन् ।

भारतीय आयल निगमले नोटिस नै पठाएर बक्यौता तिर्न धेरैपटक आग्रह गरेको र आज दिउँसो ४ बजेपश्चात उल्लेखित विमानस्थलमा इन्धन नदिइने सूचना नै जारी गरेको छ । निगमको उक्त सूचना पश्चात एयर इन्डियाले आफ्ना कर्मचारीलाई उक्त क्षेत्रमा उडान भर्दा अतिरिक्त इन्धन लिएर जाने अथवा वैकल्पिक रुट प्रयोग गर्न निर्देशन दिएको छ ।

व्यवस्थापकिय कमजोरी तथा इन्धनको महँगाईको कारण संकटग्रस्त एयर इन्डिया पछिल्लो समय आर्थिक संकटको कारण समस्यामा परिरहेको बताईएको छ ।

 

एकबारको जुनीमा मन्त्री कि नेतृत्व परीक्षा ?

काठमाडौं । पञ्चायतकालको शाही नेपाल वायुसेवा निगम पनि गतिलो थिएन । त्यसले प्रगति गरेको होइन । समयअनुसार चलेको थियो, बस    त्यत्ति । बहुदलीय

प्रदेश सरकारको योजना : सबै स्थानीय तहमा पर्यटकिय पार्क 

काठमाडौँ । प्रदेश ३ सरकारले पर्यटन प्रवद्धनको लागि सबै स्थानीय तहहरुमा पार्क निर्माण गर्ने महत्वकांक्षि योजना बनाएको छ ।प्रदेशभित्रका एक सय १९ ओटा

 काँक्रेविहारलाई कसले बनायो निशाना, सुरक्षा व्यवस्था  फितलो 

सुर्खेत । अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल

‘हट केक’ सुधार्न पछिल्लो पहल, बन्यो एकमहिने कार्यदल 

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव