‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

काठमाडौँ, २९ असार । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ । निजीक्षेत्रबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको लापरबाहीले आफूहरूमा कल्पनै गर्न नसकिने पीडा आइलागेको उहाँहरूको भनाइ छ ।

झन्डै १३ महिनाअगाडि अर्थात् सन् २०१८ जुन २६ को कुरा हो। ३६ हप्तामा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो। बच्चा ४० हप्तामा परिपक्व हुने भए पनि आमालाई थाइराइड र कलेजोमा बोसो जम्ने (फ्याट्टी लिभर) भएकाले डाक्टरले सिजरिङ गर्ने सल्लाह दिए। बच्चाका आमाबुबाले स्वीकृति दिए। बच्चा अपरिपक्व अवस्थामा नै जन्मेकाले श्वास फेर्न गाह्रो भएकाले नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू)मा राखियो।

आफ्नो पीडा सम्झँदै न्यौपाने भन्छन्– ‘त्यति नै बेला मेरो बुबाको स्वर्गारोहण भएकाले जीवनमा एकैपटक अत्यन्तै कठिनको अर्को घडी थपियो। त्यसलाई सामना गरेर मनलाई बाँध्दै डाक्टरले जे जे भन्छन् त्यही मान्यौं।’ सञ्जीवका अनुसार डाक्टरले त्यति नै बेला बच्चालाई निमोनिया भएकाले मेकानिकल भेन्टिलेटरमा राख्नुपर्ने बताएकाले एनआईसीयूमा नै भेन्टिलेटरमा १४ दिनसम्म राखियो। बच्चालाई एनआईसीयूकै ब्याक्टेरियाका कारण निमोनिया भएको रहेछ। डाक्टरले बच्चामा सुधार आएको भनेर २१ दिनमा डिस्चार्ज ग¥यो। तर २५औं दिनमा ज्वरो आएकाले बच्चालाई पुनः भर्ना गरियो। कस्तो विडम्बना पीडामाथि पीडा, त्यही ब्याक्टेरियाकै कारण दिमागमा पानी जम्ने समस्या (हाइड्रोसिफालस) भएछ। त्यसैले बच्चाको दिमाग नै नष्ट बनाएछ।

पीडित सञ्जीवलाई डाक्टरहरूले अझै झुक्याए, यथार्थ बताएनन्। बच्चाका टाउकोमा पानी जमेकाले तत्काल ढाडबाट पानी निकालेर परीक्षण गर्नुपर्छ भने। तर पानी निकाल्ने क्रममा पिप निस्कियो। बच्चालाई बढी डोजको एन्टिवायोटिक चलाएर वार्डमा सारियो। ४०औं दिनमा एनआईसीयू टिमले बच्चाको दिमागमा पिप जमेकाले शल्यक्रिया गर्नुपर्छ भन्यो। न्युरो सर्जन टिमले बच्चाको एमआरआई गराई शल्यक्रियाको विकल्प नभएको बतायो।

सञ्जीव अत्यन्तै मार्मिक कुरा गर्दै भन्नुहुन्छ– ‘बच्चालाई शुरूमै भेन्टिलेटरमा राख्दा ब्याक्टेरियाले संक्रमण गरेको रहेछ। १३ महिनाको बच्चा क्यान्सरभन्दा जटिल समस्यासँग लडिरहेको छ। बच्चाका लागि हामी दम्पती पल–पल मरेर बाँचेका छौं। कतिपटक बच्चा निदाउँदा पनि हाम्रो मुटुले काम नै गर्न नसक्ला जस्तो हुन्छ। पालैपालो आफूलाई सम्हालेर बच्चालाई छाम्छौं, बेडमै नदेखिने भइसक्यो। कुनै सक्रियता छैन, टाउकोको साइज बढेको बढ्यै छ।

टाउकोभित्र पानी जमेको छ। अस्पतालको लापरबाहीले हाम्रो परिवारमा ठूलो क्षति पुग्यो।’ सञ्जीव दम्पतीको पीडाको यो कथा अझै सकिँदैन। उहाँहरूका अनुसार बच्चालाई ९० दिन अस्पताल राखेर डिस्चार्ज गरियो। डिस्चार्जपछि पनि अस्पताल धाउने क्रम टुटाइएनन्। न्युरो सर्जनहरूले भिडियो एक्सरे र सिटी स्क्यान गराउँदा टाउकोको दायाँ भागमा राम्रो र देब्रेतर्फ कम तर सुधार हुँदै गएको बताएका थिए।

फलोअपका लागि ६ महिनासम्म लगातार र सातौं महिनादेखि रेडियोलोजिस्टले न्युरोसर्जनलाई टाउकोको मात्रा बढेर गएको रिपोर्टमा उल्लेख गर्दै आए पनि व्यवहारमा रेडियोलोजिस्टको रिपोर्ट गलत हो, बच्चा ठीक छ भने। तर बच्चाको टाउको झन् अस्वाभाविकरूपमा बढ्न थालेपछि चिकित्सकले बल्ल स्वीकार्दै पाँचौं शल्यक्रिया गर्ने भने। पीडित सञ्जीव दम्पतीले डाक्टरलाई भगवान् मान्दै जे जे भन्छन् त्यही गर्दै आए। तर रिपोर्ट देखाएर ग्राण्डीबाहिरका डाक्टरसँग सल्लाह गरेपछि मात्र थाहा भयो, बच्चाको शल्यक्रिया गरेर ग्राण्डीले बच्चामाथि परीक्षण मात्र गरेको रहेछ।

अर्काे लापरबाही
सञ्जीव न्यौपानेले आफ्नो उजुरी निवेदनमा लेखेको छ–बच्चा जन्मिएको ८ महिनाको फलोअपमा बच्चालाई हस्पिटलमा लैजाँदा अल्ट्रासाउण्डको रिपोर्टले बच्चाको टाउकोमा पानी जमेको छ भन्यो, सो रिपोर्टबाट ८ दशमलव ८ सिएम पानी जमेको छ भनी अल्ट्रासाउण्डको रिपोर्टले देखायो, तर डाक्टरले ठाडै यो ८ दशमलव ८ सिएम हुन सक्दैन भनी प्रेस्क्रिप्सनमा ८ दशमलव ८ एमएम भनी सदाझैं महिनै पिच्छे पुनः चेकअपका लागि ल्याउन भनियो ।

सोही निवेदनमा उनले थप लेखेका छन्–‘भने अनुसार हस्पिटल लैजाँदा डा. अमित थापासहितको टोलीले बच्चाको टाउकोको एमआरआई गर्न लगायो । एमआरआई रिपोर्टअनुसार बच्चाको टाउकोमा ९ दशमलव ८ सिएम पानी जमेको छ भनी अप्रेशन गर्नुपर्दछ भनेबाट बच्चाको टाउको ब्रेनको पाँचौ अपरेशन गरियो, त्यतिबेला बच्चा ९ महिना पूरा भएको थियो ।

दैवको खेला उल्टै न्यौपाने दम्पत्ति नै अस्वस्थ भए । बच्चाको ज्वरो झन् बढ्यो। अहिले बच्चालाई घरमै राखेका छ। मेडिकल काउन्सिलमा पनि छानविनका लागि निवेदन दिएका छन् उनीहरूले।

सञ्जीवले पीडाका दिन सम्झदैँ भने– ‘हामीलाई त ग्रान्डीले नराम्ररी ठग्यो, अब अरू कोही नठगिउन। मेडिकल काउन्सिलले सत्य तथ्य छानविन गरी सरकारको ध्यानाकर्षण गराओस्। समाचार स्रोतका अनुसार ग्रान्डी अस्पतालबाहिर हल्ला भएजस्तो अस्पताल होइन रहेछ।

त्यहाँको एनआईससयू कक्षमा हुनुपर्ने मापदण्ड पूरा भएको छैन। सेवामा कार्यरत जनशक्ति दक्ष र जिम्मेवार देखिन्नन्। अस्पताल प्रशासनको लापरवाहीले गर्दा बिरामीहरू मानसिक रोगको शिकार हुनुपरेको छ। अस्पतालकै एनआईसीयूबाट फैलिएको संक्रमण पाँचौ शल्यक्रिया गर्दा पनि निको भएन।

सञ्जीवले थपे– ‘चिकित्सक र नर्सहरुले बच्चामाथि मानवियतासम्म देखाएनन्, थप जटिलता निम्त्याए। उपचार लाग्दैन, दिमाग नै नष्ट भएको जानकारी गराएको भए अस्पतालको के बिग्रिन्थ्यो ? अस्पतालको लापरवाहीका कारण हामी हरेक पल मरेर आसाको त्यान्द्रो हेरेर बाँचेका छौ। श्रीमतीले बच्चाको भविष्यका लागि बैँकको जागिर छोडिन्। मैले पनि आफ्नो काम छोडेर भएभरको सम्पत्ति उपचारका लागि खर्चिएर बसेँ। आखिर बच्चामाथि अस्पतालले खेलबाड गरिदिँदा आज त्यो अबोध बालक मृत्युसँग पौठेजोरी खेल्दै छ।’

सञ्जीवले भने– ‘शुरुमा अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले रातको १० बजे बेडमै आएर एकदम ब्लण्डर नै भयो भन्नुभयो। मेरो श्रीमतीलाई मेरो छोरीजस्तै रहिछौ, बच्चा मेरो नातीजस्तै हो म जसरी पनि बचाउँछु भने । त्यसपछि उहाँले भेट नै दिनुभएन। कानूनी बाटो खोज भने । अस्पतालले धोका दिएकै हो। विदेशमा भए यत्रो ठूलो मिस्टेक गर्ने डाक्टरको लाइसेन्स नै खारेज गरिन्थ्यो। नेपालका निजी अस्पतालले त उल्टै इनाम दिएर राख्दारहेछन्। ग्रान्डीले धोका दिएको हो। १३ महिनाको बच्चा खाने खेल्ने बेलामा सेन्स हराइसक्यो।

शून्य आशामा मन बाधेर हेरिरहेका छौँ। हामीलाई सोझो देखेर डा. पाण्डेले बच्चालाई रोग लाग्यो, निको भएन अब २ घण्टा मेडिटेसन गर्नुस् र चित्त बुझाउनुस् भने। अस्पतालको समस्या थाहा पाएर कडा कुरा राख्न थालेपछि उल्टै पीडितलाई धम्क्याउँदै भन्न थाल्यो अस्पताल प्रशनसनले–चित्त नबुझे मेडिकल काउन्सिल, अदालत जानूस्। सञ्जीवले दुःखका ती दिन सम्झदैं भने– ‘अहिले मैले ग्रान्डी बाहिरका डाक्टरलाई रिपोर्ट देखाएर बच्चाको दिमाग नै बनेको छैन भन्ने पत्ता लगाएँ।

तर मलाई बच्चाको दिमाग बनेको छैन, उपचार गर्नुको कुनै अर्थ छैन भनेर ग्रान्डीले एकपटक पनि भनेन।’ अस्पतालले ग्रान्डीकै बुलेटिनमा प्रत्येक महिना बच्चाको असम्भव शल्यक्रिया गरेर सफलता प्राप्त भयो भन्ने लेख छापेर गलत प्रचार गर्ने गरेको बताइन्छ। त्यसमा कहीँकतै पनि दिमाग नबनेको भन्ने उल्लेख भएको छैन।

यसबारे कुरा गर्दा ग्रान्डीमा पछिल्लो समय बच्चाको उपचारमा संलग्न डा.अमित थापाले भने– ‘अहिले बच्चा अस्पतालको सम्पर्कमा ल्याइएको छैन। मेडिकल काउन्सिलमा उजुरी परेकाले छानविनपछि आउने रिपोर्टलाई लिएर मात्र सार्वजनिक गर्ने अस्पतालको योजना छ।’ बच्चाको अवस्थाबारे उनी भन्छन्– ‘दिमागमा पल्स जमेर बच्चामा यस्तो समस्या आएको हो।’

मेनेन्जाइटिस भएका बिरामीमा यस्तो हुन्छ। संजीव न्यौपानेको वच्चामा संक्रमणका कारण मेनेन्जाइटिस भएर टाउकोमा पिप जमिसकेको थियो। हामीले बच्चा पछि अपांग पनि हुन सक्छ भन्ने परामर्श दिएर अभिभावककै स्वीकृतिमा पटक–पटक शल्यक्रिया गरेका हौ।’ यसैबीच पीडित सञ्जीव न्यौपानेले आफ्नो बच्चाको इमरर्जेन्सी उपचार गर्न माग गर्दै काठमाडौँको नेपाल मेडिकल काउन्सिलसमक्ष उजुरी–निवेदन पेश गरे ।

यसबारे नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलको नेतृत्वमा कमिटी बनेर छानविन सुरु भएको उक्त काउन्सिलका अर्का सदस्य डा. प्रविन्द्र अधिकारीले जानकारी दिए । (नेपाल समाचारपत्रबाट)

समाजवादी–राजपा एकताः झण्डा समाजवादीकाे चुनाव चिन्ह राजपाकाे प्रस्ताव

काठमाडौं, ८ भदाै । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच धेरै अघिदेखि चल्दै–रोकिँदै आएको एकीकरण प्रसंग ब्युँतिएको छ । तत्काल एकीकरण गरी

सम्भोग गर्दैगर्दा ६ जना वृद्धवृद्धा पक्राउ परेपछि...

मानव जिवनमा सेक्स आवस्यक कुरा हो । जुन श्रीमान र श्रीमतीका बिचमा हुने गर्छ । तर संसारमा यस्तो ठाउँ भेटिएको छ । जहाँ बुढेसकालमा जङ्गलमै सम्भोग गर्नेहरु

प्रचण्ड-माधव नेपालकाे गुनकाे हिसाबकिताब, ‘झगडा’ मिलाउन खटे प्रचण्ड

काठमाडौं, ८ भदाै । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता

आनन्दवन अस्पताल तानियो विवादमा नक्सा पासबिना भवन निर्माण

ललितपुर, ८ भदाै । गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासबिना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ। सो अस्पतालको नयाँ बनेका भवनको