वर्षापछिको क्षति: १७ को ज्यान गयो, सात बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट अहिलेसम्म १७ जनाको ज्यान गएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। 
    
बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका छन् । बेपत्ता हुनेमा पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँका गरी सात जना छन् । 
    
सुनसरी, सिराहा र भक्तपुरमा गरी चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको ज्यान गएको छ । 
    
काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 
    
बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् । 
    
पूर्वी पहाडी क्षेत्रमा पहिलो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । राससका अनुसार,गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ । 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,