आठघण्टापछि खुल्यो विमानस्थल

काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ ।

विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए। धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा लगिएको छ । 

    नेपालगञ्जबाट काठमाडौँ आएको चालकदलसहित ६६ यात्रु सवार यति एयरलाइन्सको एटिआर–७२ विमान विमानस्थलमा अवतरणका क्रममा बिहान ११ः५ बजे चिप्लिएको थियो । विमान धावनमार्गबाट करीब १०० मिटर पर घाँसे मैदानमा धस्सिएको थियो । विमान धस्सिएपछि विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध भएको थियो । नेपाली, सेना, नेपाल प्रहरी र विमानस्थलका प्राविधिकसहितको टोलीले विमानलाई हटाएको थियो ।रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,