फेरीए अफगानिस्तानका कप्तान, रसिद खानलाई जिम्मेवारी 

एजेन्सी । एकपछि अर्को विवादास्पद निर्णय गरिरहेको अफगानिस्तान क्रिकेट बोर्डले फेरी कप्तान परिवर्तन गरेको छ । 

विश्वकप अगाडि नियमित कप्तान अस्गर अफगानलाई हटाएर एकदिवसिय अन्तर्राष्ट्रियमा गुलबदिन नाइब, टी–२० मा रसिद खान र टेष्टमा रहमत शाहलाई कप्तान बनाएको अफगान बोर्डले अहिले तीनवटै स्वरुपमा रसिद खानलाई कप्तानीको जिम्मेवारी दिएको घोषणा गरेको छ । हटाइएका पूर्व कप्तान अस्गर अफगानलाई तीनवटै स्वरुपमा उपकप्तान बनाइएको छ । 

अफगानिस्तानको लागि सबैभन्दा सफल रहेका कप्तान अस्गरलाई यसअघि हटाउने विवादास्पद निर्णय गरेको बोर्डले उक्त निर्णय सच्चाउने प्रयास गरेको विश्लेषण गरिएको छ । 

विश्वकपमा ९ खेल खेल्दै एउटा पनि जित हासिल गर्न नसकेपछि कप्तान, छनौटकर्ता सबैको आलोचना भएको थियो । त्यस्तै उक्त प्रतियोगितामा ओपनर अहमद शहजादलाई टोलीबाट हटाइनु र अफताब आलमको अनुशासन भंग गर्ने कार्यले पनि अफगानिस्तान बोर्ड समस्या परिरहेको बुझिएको छ । 

रसिदले अब अफगानिस्तानको आगामी बंगलादेश विरुद्धको टेष्ट खेलबाट कप्तानीको यात्रा शुरु गर्नेछन् । त्यसपछि बंगलादेश, जिम्बाब्बे र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक सिरिजमा उनको एकदिवसिय अन्तर्राष्ट्रियमा उनले नै कप्तानी गर्नेछन् ।

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका