बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु

जलालावाद । अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु  हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । 

एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् । 

पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आइएस) लगायतका आतङ्ककारी संगठनको बासस्थानका रुपमा पनि चिनिन्छ । यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ । 

स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले बिवाह समारोहमा  विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले एएफपी समाचार समितिलाई बताए । 

यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका प्रवक्ताले बताउनु भएको छ ।  पाचिरागम जिल्ला गभर्नर हज्रात खान खाक्सारले शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै १४ घाइते भएको जानकारी दिएका थिए ।  

उक्त जिल्लामा बस्ने अफगान सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको अफगानिस्तानका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

के कति कारणले सो आक्रमण भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । रासस

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल

नयाँदिल्ली, ६ साउन । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र

दोहोरो गोली हानाहानमा चार प्रहरी र १२ लडाकू मारिए

फराह, ६ साउन । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह, ६ साउन । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।  कम्बोडियाले

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

नयाँदिल्ली, ६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् । यस भ्रमणले “छिमेक