रातो खोलाले वृद्धलाई बगायो


   जलेश्वर । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

    विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।
    
बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् । रासस 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,