मलेसिया विरुद्ध जितको लक्ष्य, वरियता सुधार्ने अवसर

काठमाडौं, २७ असार । चिरप्रतिद्वन्दी मलेसिया विरुद्धको टी–२० शृंखला खेल्न नेपाली क्रिकेट टोली क्वाला लुम्पुर पुगिसकेको छ ।

चार महिनाअघि बलियो प्रतिद्वन्दी युएईलाई उसकै गृहमैदानमा हराइ एकदिवसिय अन्तर्राष्ट्रिय र टी–२० शृंखला जितेको नेपालले लामो अन्तरालपछि मलेसियासँग दुई खेलको प्रतियोगिता खेल्न लागेको छ ।

आगामी साउन ७ देखि सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको छनौट प्रतियोगिताको तयारी स्वरुप पनि मलेसियासँग शृंखला खेल्ने लागेको कप्तान पारस खड्काले जानकारी दिएका छन् ।

अन्य टोलीसँग पनि शृंखलाको प्रयास सफल नभएपछि मलेसियासँगै खेल्दै प्रतियोगिताको तयारी गर्ने नेपालको विकल्प बाँकी रहेको बताईन्छ । नेपाली टोलीका नयाँ प्रशिक्षक उमेश पटवालले यस शृंखलालाई टोलीको लय फर्काउने प्रतियोगिताको रुपमा लिएको बताएका छन् ।

कप्तान पारसले मलेसिया विरुद्ध जित एकमात्र विकल्प भएको बताएका छन् । ब्याटिङको क्रममा पारसले प्रदिप ऐरीसँगै नेपाली टोलीको ओपनिङ गर्ने तयारी गरेको बताईन्छ । मलेसिया विरुद्ध यो रणनीति सफल भएमा सिंगापुरको प्रतियोगितामा पनि यहि जोडीले ओपनिङ गर्ने तयारी गरेको थाहा भएको छ ।   

नेपाली टोलीका महत्वपूर्ण सदस्य दिपेन्द्र सिंह ऐरीले औंलाको चोटका कारण मलेसिया विरुद्धको दुबै खेल गुमाउने सम्भावना रहेको बताईन्छ । सिंगापुरमा आयोजना हुने प्रतियोगितालाई मध्यनजर गर्दै दिपेन्द्रमाथी प्रशिक्षकले जोखिम उठाउन नचाहेको बुझिएको छ ।

नेपालको लागि मलेसिया नौलो प्रतिद्वन्दी मानिँदैन । सधैं नेपालसँग बलियो प्रदर्शन गर्ने गरेकोले पनि नेपालले महत्वपूर्ण प्रतियोगिताअघि राम्रो अभ्यास पाउने विश्वास रहेको बताईएको छ । मलेसियाले पनि नेपाल विरुद्ध बलियो टोली उतार्ने उद्घोष गरेको छ ।

त्यस्तै मलेसिया विरुद्धको दुबै खेल जित्दै नेपालले टी–२० वरियतामा आफ्नो स्थान सुधार गर्न सक्ने अवसर रहेको पनि बताईन्छ ।

भोली अर्थात् शनिबार बिहान नेपालले पहिलो खेल खेल्ने तालिका रहेको छ । खेल नेपाली समयअनुसार बिहान ७ः४५ मा सुरु हुनेछ । दोश्रो खेल भने आइतबार खेलिनेछ ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका