उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए


बेरुत, २७ असार । सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् ।

सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ ।

राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि पनि लक्षित गरी हवाई आक्रमण भएका छन् ।

सिरियाको गृहयुद्धमा हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०११ देखि शुरु भएको यस गृहयुद्धबाट लाखौं मानिस अन्यत्र पलायन भएका वा शरणार्थी भएका छन् ।

अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तर समेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भिषण हवाई हमला जारी राखेको बताए ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवबस्तीमा भएका हवाई हमलाको निन्दा गर्दै नागरिक र नागरिकको सेवाका लागि स्थापित पूर्वाधार, स्वास्थ्य केन्द्रहरुलाई सुरक्षित तुल्याउनु सबैको कर्तव्य रहेको बताएका छन् । रासस/एएफपी

 

अस्ट्रियामा बिमान दुर्घटना

भियना, ३ साउन । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा

मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन ।  संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान, ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा