त्रिभुवन विमानस्थलमा विमान चिप्लियो, दुई गम्भीर घाईते

काठमाडौं, २७ असार । यति एयरलाइन्सको एटीआर विमान त्रिभुवन विमानस्थलमा धावनमार्गबाट चिप्लिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको विमान अवतरणको क्रममा  ट्याक्सी वे निर चिप्लेको बताईएको छ ।

उक्त विमान चिप्लिएपछि विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको जनाएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार चार वटा अन्तर्राष्ट्रिय विमानहरु होल्ड गरिएको छ ।

घाइतेहरुलाई उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको छ । त्यस्तै अन्य यात्रुलाई भने शकुसल बाहिर निकालिएको बताईएको छ ।

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,