कोशी ब्यारेजमा पानीको सतह बढ्यो, २३ ढोका खुला

सुनसरी, २७ असार । गएराती देखि परेको निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । प्राप्त जानकारी अनुसार पानी बहावको घनत्व १ लाख ७९ हजार ६ सय १५ क्यूसेक रहेको छ ।

पानीको बहावसँगै उक्त क्षेत्रमा खतरा बढेपछि ५६ ढोकामध्ये अहिलेसम्म २३ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ ।

निरन्तरको वर्षाको कारण पानीको सतह बढ्दै बहावको घनत्व १ लाख ५० हजार नाघ्ने बित्तिकै खतराको संकेत जनाउँदै रातो बत्ती बाल्दै रातो झण्डा पनि फहराएको बताईन्छ ।

यसअघि २०६५ साल भदौ महिनामा पानीको बहाव १ लाख ६८ हजार क्यूसेक पुग्दा भारतीय पक्षबाट समयमै ढोकाहरु नखोलिंदा नदीले पूर्वतर्फको तटबन्ध भत्काएर नेपालको थुप्रै भुभाग डुबानमा परेको थियो । त्यसरी नदी मानव बस्तीमा पस्दा थुप्रै जनधनको क्षति हुनुको साथै स्थानीयहरु विस्थापित भएका थिए ।

 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,