देशका मुख्य नदी र खोलामा पानीको सतह जोखिमपूर्ण, जनजीवन कष्टकर

काठमाडौं । मेची, कोशी, कमला, बाग्मति र नारायणी लगायत देशका ठूला र साना नदीहरुमा पानीको बहाव खतराको तहमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखिको अविरल वर्षाले पानीको बहाव बढिरहँदा जनजीवन कष्टकर बन्दै गएको छ भने तराईका बसोबास क्षेत्रमा डुवानले गर्दा जोखिम पनि बढेको थाहा भएको छ ।  

भर्खरै प्राप्त जानकारी अनुसार, बागमती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि पुगिसकेको छ । कन्काई र कमलामा बहाब सतर्कता तह नजिक छ । कोशी नदीमा बहाब सतर्कता तह नजिक पुगिसकेको छ भने पानी बढ्दो क्रममा रहेको छ ।

प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि पुगेकाले उच्च खतरा रहेकाले सतर्क रहन महाशाखाले सूचित गरेको छ ।


कमला नदीमा पानीको तह बढ्नाले स्थानीय जनजीवन कष्टकर बनेको छ । बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र  बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय  क्षेत्रमा बसोबास गर्ने सबैलाई बेलुका सम्मै सतर्क रहन पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

यसैगरी पूर्वका मेची, निन्दा , विरिङ, मावा, रतुवा, नुनखोला, लोहन्द्रा, वुढीखोला, खेसिलिया, सुनशरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रका बस्तीमा चिन्ता छाएको थाहा भएको छ ।
 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,