वर्षाको असर विमानस्थलमा पनि, अधिकांश उडान प्रभावित

काठमाडौं, २७ असार । लगातारको वर्षाको असर चौतर्फी रुपमा परेको छ । यसको असर विमानस्थलहरुमा पनि देखिएको छ ।

बिहीबारदेखि परिरहेको पानीले काठमाडौंबाट हुने धेरै उडान प्रभावित भएको छ । केहि आन्तरिक उडानहरु रद्द भएका छन् भने अवस्था हेर्दै केहि उडान जारी रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडान पनि समयमा हुन नसकेको बताईएको छ ।

काठमाडौं बाहिरका विमानस्थलहरु तुम्लिङटार, धनगढी, भोजपुर, लुक्ला विमानस्थल पानीको कारण संचालन हुन सकेको छैन । लामिडाँडाँ र फाप्लुमा पनि यस्तै समस्या रहेको बताईन्छ ।

अहिलेसम्म पोखरा, भैरहवा र विराटनगर भने आंशिक रुपमा चलिरहेको छ । उडानको संख्यामा भने कमि रहेको बताईएको छ ।

निरन्तर वर्षा भइरहेपछि निकास राम्रो नभएको स्थान जलमग्न भएको छ भने वर्षा र हावाको कारण जनजीवनमा प्रत्यक्ष असर परिरहेको बताईन्छ ।

तस्विर: अघिल्लो वर्षको फाइल तस्विर

 

फागुनमा पर्यटन लगानी सम्मेलन

काठमाडौँ, ६ साउन । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ

पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु

कास्की, ५ साउन । नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक

नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने तयारी 

चितवन, ५ साउन ।  सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज

हिमालयले भोलीदेखि ढाका उडान भर्ने

काठमाडौं, ५ साउन । हिमालय एयरलायन्सले नयाँ गन्तव्यको रुपमा सोमबारदेखि काठमाडौं–ढाका–काठमाडौं उडान गर्ने भएको छ । नयाँ गन्तव्यको खोजीमा रहेको