अष्ट्रेलिया हारेपनी स्टार्कको यस्तो कीर्तिमान

एजेन्सी । जारी विश्वकपको दोश्रो सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भइ अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ ।

यो सँगै डिफेन्डीङ च्याम्पियन अष्ट्रेलियाले उपाधि जोगाउन सकेन र यो संस्करणमा क्रिकेटमा नयाँ विश्व विजेताको उदय हुने पक्का भएको छ ।
आइतबार हुने फाइनल खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्डले उपाधिका लागि भिड्नेछन् ।

बिहिबार भएका खेलम इंग्ल्याण्डसँग सहजै ८ विकेटको पराजय भोगेपनी अष्ट्रेलियाली बलर मिचेल स्टार्कले भने कीर्तिमान बनाएका छन् । स्टार्कले जोनी बेरिस्टोको विकेट लिँदै एउटै विश्वकपमा सबैभन्दा धेरै विकेट लिने बलरको कीर्तिमान कायम गरेका हुन् ।

जारी विश्वकपमा स्टार्कले उक्त विकेटसँगै कुल २७ विकेट लिएका छन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाकै खेलाडी ग्लेन म्याग्राको नाममा रहेको थियो । म्याग्राले एकै विश्वकपमा २६ विकेट लिँदै उक्त कीर्तिमानमा कब्जा गरेका थिए ।

इंग्ल्याण्डमा जारी विश्वकपमा स्टार्कले अष्ट्रेलियालाई सेमिफाइनल पु¥याउने क्रममा अद्भुद बलिङ गरेका थिए । उनको उच्च प्रदर्शनको कारण उनी विश्वकपमा प्लेयर अफ द सिरिजको प्रबल दाबेदारको रुपमा हेरिएको छ ।  

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका