राैतहटमा प्रहरी चौकीसहित बस्ती डुब्याे

रौतहट, २७ असार । अविरल वर्षाका कारण रौतहटका केहि स्थान डुबानमा परेकाे छ । दुई ठुला नदी र अन्य खोलामा  बहाव बढेर बाढी आएपछि  उद्धार टोली तयारी अवस्थामा रहेको छ। बर्षाको पानि गाउँ वरिपरि जमेर बस्तीभित्र प्रवेश गर्न लागेको छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन् ।

पुर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेकाे छ । सदरमुकाम गौरस्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा उत्पन्न भएपछी बिहानैदेखि सदरमुकाम गौरका सर्वसाधारणहरुले दैनिक जीवनयापनका सामग्री किन्न बाध्य छन् ।

स्थानीयले बाढी आउने डरले यतिखेर ग्यास, आलु, स्याविन, प्याज, चामल, चिउरालगायतका खाधान्न सामग्री किनेर घरमा भित्रयाइरहेको पाइएको छ । जिल्ला बिपद व्यवस्थापन समिति रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताएका छन् ।

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि