अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा

काठमाडौं, २७ असार । दाेस्राे सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ । पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । इंग्ल्याण्ड २७ वर्षपछि एकदिवसीय विश्वकपकाे फाइनलमा पुगेकाे हाे भने पाँच पटककाे विजेता अष्ट्रेलियाले पहिलाे पटक सेमीफाइनलमा हार व्यहाेरेकाे हाे ।

बिहीबार भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्यो । बर्मिंघमको एजबस्टन मैदानमा अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै प्रस्तुत गरेको २२४ रनको लक्ष्य इंग्ल्याण्डले ३२.१ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । 

इंग्ल्याण्डको जितमा जसन रोयले सर्वाधिक ८५ रन बनाए। ६५ बलको सामाना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। जोई रुट ८ चौकासहित ४९ रन र इविन मोर्गन ८ चौकासहित ४५ रनमा अविजित रहे । जोनी बारिस्टोले ५ चौकाको मद्दतमा ३४ रन जोडे ।  बलिङतर्फ मिचेल स्टार्क र प्याट क्युमिन्सले समान १/१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङमा आएको अष्ट्रेलियाको सुरुवात खराब रह्यो । ओपनर तथा कप्तान अरोन फिन्चलाई शून्य रनमा गुमाएको अष्ट्रेलियाले महत्वपूर्ण विकेटका रुपमा रहेका डेभिड वार्नर २ ओभर पुरा गर्न नपाउँदै ९ रनमा आउट हुन पुगे । तेस्रो नम्बरमा क्रिजमा आएका स्टिभ स्मिथले ६ चौकाको मद्दचमा ८५ रन बनाउँदै स्कोर उकासेका थिए । अलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । आइसिसीका अनुसार अष्ट्रेलिया सेमीफाइनलमा २० वर्षपछि पहिलोपटक अलआउट भएको हो । 

अष्ट्रेलियालाई विकेटविहिन बनाउन इंग्ल्याण्डका क्रिस वक्स र अदिल रसिदले समान ३/३ विकेट लिए । जोर्फा आर्चरले २ तथा मार्क उडले एक विकेट लिए । अब इंग्ल्याण्ड र न्युजिल्याण्डको फाइनल खेल आइतबार लण्डनस्थित लर्डस् मैदानमा हुनेछ । 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका