धोनीलाई लता मंगेश्करको आग्रह, ‘रिटायर नहुनु’

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपमा न्यूजिल्याण्डसँग पराजित भइ विश्वकपबाट भारत बाहिरिएपछि भारतमा ठूलै हंगामा भइरहेको छ । 

विश्वकप उपाधिको दाबेदार भारत असफल भएपछि टोलीमा रहेको अनेक खोट निकाल्ने क्रम जारी छ । पूर्व क्रिकेटर हरभजन सिंहले युवा खेलाडीहरु केएल राहुल, हार्दिक पाण्ड्या र रिसभ पन्तलाई दोष लगाइरहेका छन् भने सौरभ गांगुली तथा भीभीएस लक्ष्मणले विराट कोहलीको कप्तानीमा शंका गरिरहेका छन् । 

यस्तोमा क्रिकेटसँग खासै नजिकको नाता नभएकी भारतकी महान गायिका लता मंगेश्करले भारतीय टोलीको गिरेको मनोबल उठाउने प्रयास गरेकी छिन् । उनले ट्वीट लेख्दै भारतीय टोलीको लागि एउटा गीत समर्पण गरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘हिजो हामीले जित्न नसकेपनि, हामी हारेको छैनौं । गुल्जार (संगीतकार) साहबले क्रिकेटको लागि लेखेको यो गीत म हाम्रो राष्ट्रिय टोलीलाई समर्पित गर्न चाहन्छु ।’ 

देशभर भारतीय क्रिकेट टोलीको मनोबल खस्काउने काम भइरहँदा भने यी महान गायिकाले क्रिकेटर धोनीलाई खेल नछोड्न आग्रह गरेकी छिन् । दोश्रो ट्वीटमा उनले लेखेकी छिन्, ‘एमएस धोनीजी, नमस्कार । तपाईं रिटायर हुन लागेको सुनिरहेकी छु । कृपया यस्तो नसोच्नुहोस् । देशको लागि तपाईंको आवश्यकता छ र मेरो तपाईंसँग अनुरोध छ, रिटायर हुने बिचार आफ्नो मनमा नल्याउनुहोस् ।’

बुधबारको भएको उक्त सेमिफाइनल खेलमा धोनीले भारतको इनिङ अन्तिमसम्म सम्हाल्दै अर्धशतक प्रहार गरेका थिए । ३८ वर्ष पुगेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले यो नै अन्तिम विश्वकप रहेको यसअघि नै घोषणा गरिसकेका छन् । उनले तत्कालै सन्यास घोषणा गर्छन् कि अन्य कुनै प्रतियोगितासम्म टोलीमै रहनेछन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन । 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका