रेल जुध्दा पाकिस्तानमा १० जनाको मृत्यु

इस्लामाबाद, २६ असार । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो । रासस/एएफपी

 

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल

नयाँदिल्ली, ६ साउन । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र

दोहोरो गोली हानाहानमा चार प्रहरी र १२ लडाकू मारिए

फराह, ६ साउन । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह, ६ साउन । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।  कम्बोडियाले

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

नयाँदिल्ली, ६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् । यस भ्रमणले “छिमेक