ग्रीसको आँधीमा परेर छ पर्यटकको मृत्यु

ग्रीस, २६ असार । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् ।

मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । रासस/एएफपी

काश्मिरमा चार हजार व्यक्ति पक्राउ 

  श्रीनगर । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

  थिम्पु १ भदौँ । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

    ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन्

थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

  बैंकक १ भदौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका